मिति:- ७ पुष २०८१, आईतवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorizedमुख्य-समाचारशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

लहान नगरपालिका: ग्रामीण चाैकदेखि बस्तिपुरसम्मको कालाे पत्रे सडकको दुर्दशा।।

लहान नगरपालिकामा रहेकाे ग्रामीण चाैकदेखि बस्तिपुर मा.बि.सम्मको नव निर्माणाधिन कालाे पत्रे सडकको धुलै धुलाेकाे कारण दुर्दशा भएकाे छ।

सितल साह, असाेज -९ लहान।।लहान नगरपालिकामा रहेकाे ग्रामीण चाैकदेखि बस्तिपुर मा.बि.सम्मको नव निर्माणाधिन कालाे पत्रे सडकको धुलै धुलाेकाे कारण दुर्दशा भएकाे छ।

लहान नगरपालिकामा हालै निर्माण गरिरहेकाे कालाे पत्रे सडकको अवस्था धुलाम्मे भएकाेछ ।सहरी बिकाश कार्यालय राजबिराज द्वारा ठेक्का प्रक्रियाबाट निर्माण भईरहेकाे ग्रामीण चाैकदेखि बस्तिपुरसम्मको सडक धुलाेले भरिएको छ, जसले स्थानीय बासिन्दाको आवतजावतमा कठिनाइ उत्पन्न गराएको छ। सडककाे दुईपटि छेउमा माटाे पुर्ने क्रममा साे सडक धुलाम्मे भई धुलाेले भरिएकाे छ।

स्थानीय बासिन्दाहरूको गुनासो छ कि सडकको सफाईका लागि नत ठेकेदारले कुनै पनि सक्रियता देखाएकाे छ नत नगरपालिकाले नै कुनै चासाे देखाएका छन । आखिर लहान न.पाले पनि वातावरण तथा सफाई कर हरेक जनतासंग उठाईरहेकाे सर्बबिदितै छ तर सफाई भने भईरहेकाे छैन। धुलामय सडकका कारण स्वास्थ्यमा पनि नकारात्मक असर पर्ने गरेको छ, र यसले बिरामीको सङ्ख्या बढाएको स्थानीयहरूको भनाइ छ।

सडकका ठेकेदारलाई पनि सफाईका लागि जिम्मेवार ठहराइए तापनि, हालसम्म यसतर्फ कुनै कदम चालेको छैन। स्थानीय बासिन्दा र विभिन्न चासो राख्ने पक्षले सम्बन्धित निकायलाई तत्काल सडक सरसफाइका लागि ध्यानाकर्षण गराउनुपर्ने बताउँदैछन्।

लहान नगरपालिका र ठेकेदारलाई अपील गर्दै स्थानीय बासिन्दाहरूले यस सडकको सरसफाइमा यथाशीघ्र ध्यान दिनु पर्ने जोडदार माग गरेका छन र उक्त सडकको निर्माण ग्रामीण चाैक देखि हुनु पर्ने र साे कार्य हाल सम्म अधुराे रहेकाेले ढिलाइ भइरहेको छ, जसले समुदायको विकासमा प्रतिकूल असर पारेको छ।

स्थानीयका अनुसार यदि चाँडै समाधान नपाइए, भने यसले लहान उत्तरी भेगका बासिन्दाहरूको जीवनस्तरमा थप चुनौती ल्याउने निश्चित छ।त्यसैले सम्बन्धित ठेकेदार र लहान नगरपालिकाले यो विषयमा गम्भीरता पूर्वक ध्यान दिनुपर्ने समय आएको छ।र समाधान पनि यथासिघ्र गर्दिनको लागि आग्रह गरेका छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker