सिरहामा जिल्ला बाल भेला सम्पन्न ।।।
सिराहा जिल्लाको सदरमुकाम सिरहामा बाल भेला सम्पन्न भएको छ ।


जनता खबर , पुस ५ । सिराहा जिल्लाको सदरमुकाम सिरहामा बाल भेला सम्पन्न भएको छ ।
आयोजित भेलाले मन्दिप महराको अध्यक्षतामा २५ सदस्य जिल्ला बाल संजालको गठन गरिएको छ ।
भेलाले अध्यक्ष मनदिप महरा सहित , क्रमस उपाध्यक्ष दिपिका कुमारी यादव, सचिव सुभ्म सिंह, सह सचिव रंजना यादव, कोषाध्यक्ष अशियाना खातुनलाई चयन गरेको छ भने सदस्यहरुमा आर्यन महासेठ, मनिष चौधरी, मो.तारिक सम्स, राहुल पासमान, सुमन यादव, राधा कुमारी मण्डल, पिंकी राम, राधिका यादव, पिंकी कुमारी सिंह, सुश्मा यादव लगायत चुनिएको छ ।
जिल्ला बाल भेला गर्न मुक्ति नेपाल, दलित जन कल्याण युवा क्लब, जागृति नेपाल, मातृभुमि युवा समाज नेपाल, समग्र जन उत्थान केन्द्र, ओरेक नेपाल, सवल नेपाल, आसमान नेपाल लगायत संघ संस्थाको महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।
जिल्ला बाल भेलाका संयोजक नईम राईनको अध्यक्षतामा आयोजित कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे , प्रहरी प्रमुख टेकु नन्द इवा लिम्बू , जिल्ला समन्वय समिति सिरहाका उपसभापति दिलिप लामा,वडा प्रहरी कार्यालय सिरहाका प्रमुख विश्वबावु बुढाथोकी, मातृभुमि युवा समाज नेपालका अध्यक्ष मनिष कुमार यादव, नेपाल पत्रकार महासंघ सिरहाका सचिव शिवदयाल यादव लगायत व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम वक्ताहरुले आ आफ्ना धारणा राखेका थिए भने सहभागी अथिती गणलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
				
					
					

