दुर्घटनासमाचारस्थानीय खबर
अम्बास सडकमा टिफर दुर्घटना ।।।
सिरहाको धनगढीमाई १४ को स्थानिय बाँझी गाँछीको निर्माणाधीन सडकमा गइरहेको टिफर सडकबाट करिब ६ मीटर तल खसेर दुर्घटना हुँदा चालक सहित अर्का एक सामान्य घाइते भएका छन् ।
विनोद मण्डल, पुस १ । सिरहाको धनगढीमाई १४ को स्थानिय बाँझी गाँछीको निर्माणाधीन सडकमा गइरहेको टिफर सडकबाट करिब ६ मीटर तल खसेर दुर्घटना हुँदा चालक सहित अर्का एक सामान्य घाइते भएका छन् ।
स्थानिय निर्माणाधिन अम्बास सडकको निर्माण सामाग्री बोकेर दक्षिणबाट उत्तरतिर गइरहेको गाडी स्थानिय घुम्तीमा दुर्घटना भएको हो ।
स्थानियको सहयोगमा चालक र अर्का एक जनालाई वाडा नम्बर १३ को एम्बुलेन्स मार्फत उपचारका लागि अस्पताल लगिएको बुझिएको छ ।
दुर्घटना आज दिउसो करिब १ बजेर ३० मिनेटमा भएको थियो ।