मिति:- ७ पुष २०८१, आईतवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
अन्तर्राष्ट्रियशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

७५ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सिरहा द्वारा सम्पन्न ।।

७५ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सिरहा शाखा द्वारा सम्पन्न भएकाे छ।


सितल साह, मंसिर २४ लहान, सिरहा । ७५ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सिरहा शाखा द्वारा सम्पन्न भएकाे छ।                                              दिवसकाे उपलक्ष्यमा रा.उ.मुरारका प्रादेशिक अस्पतालमा बिरामिहरुलाई फलफुल बितरण गरेका छन।बिगतका बर्षहरुमा प्रभातफेरी,गोष्ठी,लगायत मानव कल्याण हेतु विभिन्न कार्यक्रम गर्दै आइरहेता पनि यस पालि बिरामिका लागि फलफुल बितरण गरीएका छन।६३ वटा बिरामि बेड रहेका रा.उ.प्रादेशिक अस्पताल लहानमा ३० वटा बिरामि भर्ना रहेकाेले सम्पुर्णमा फलफुल बितरण गरिएकाे थियाे।प्रत्येक बर्ष डिसेम्बर १० तारिक मनाउने गरेकाे थियाे ।यस बर्ष पनि साेहि डेट अनुसार बिहान ९:३० बजे देखि फलफुल बितरण कार्य सुरु गरीएकाे थियाे । कार्यक्रममा ईलाका प्रशासन लहानका प्रमुख, शशत्र प्रहरी लहानका प्रमुख, अस्पताल प्रशासन प्रमुख शत्रुधन मण्डल,मानव अधिकार संगठन सिरहा अध्यक्ष बिमल ठाकुर,संगठनका केन्द्रीय सदस्य राजकुमार राउत,जिल्ला उपाध्यक्ष बेचन पंडित जिल्ला सदस्य सुरेन्द्र महताे,जिल्ला सल्लाहकार डा.शिबनन्दन प्रसाद ,नगर अध्यक्ष बिजय महताे लगायतका उल्लेखनीय मानिसहरुकाे उपस्थिति रहेका थिए।

“भबिष्यमा मानव अधिकार संस्कृतिलाई एकीकृत र दिगाे बनाउदै लैजाउ” मुल नाराका साथ आफ्नो संस्था सदैव मानव कल्याणको निम्ति अग्रसर रहेकाे अध्यक्ष ठाकुरले बताउनु भयाे।

२०४५ सालमा स्थापना भए देखि यस संगठन द्वारा निरन्तर रुपमा समाजमा भईरहेकाे मानव अधिकार हननकाे बिरुद्ध  सधैं अवाज उठाउने काम गरिरहेकाे केन्द्रीय सदस्य राउतले थप्नु भयाे।।।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker