कृषिसमाचारस्थानीय खबर
हावासंगै आएको वर्षाले धान फसल नष्ट ।।।
मौषम परिवर्तनका कारण केही समय देखि हावापानीमा आएको फेरबदलले मनसून सक्रिय भएपछि किसानको धान बालीमा प्रत्यक्ष प्रभाव परेको छ ।
बेमौशी वर्षाले धान फसल नष्ट ।।
सितल साह, असाेज १८ । मौषम परिवर्तनका कारण केही समय देखि हावापानीमा आएको फेरबदलले मनसून सक्रिय भएपछि किसानको धान बालीमा प्रत्यक्ष प्रभाव परेको छ ।
धानबालिमा बाला लाग्न लागेको अवस्थामा परेको सिम सिम वर्षाले एकातिर फाइदा गरेको छ भने अर्कोतिर वर्षासँगै आएको हावाले फुटेको बालासहितको धान बालीलाई असर गरेको अवस्था रहेको छ ।
नियमित रूपमा आएको वर्षाले धान खेतमा पानी जमेर बाली नष्ट भएको छ ।
खेतमा किसानले काटेर सुकाएको धान बाली भिजेर कतिपय अवस्थामा नष्ट भएको छ भने समयमा सुकाउन नपाएर धान खेतमै उम्रिएको अवस्था पनि रहेको छ ।