मिति:- २२ जेष्ठ २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

सिरहामा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण

सिरहामा फैसल सामुदायिक विकास संस्था माडर सिरहाले स्थानीयलाई जाडोको न्यानो लुगा वितरण गरिएको छ ।

राजेन्द्र महताे ,पुस २५ , सिरहा ।।  फैसल सामुदायिक विकास संस्था माडर सिरहाले स्थानीयलाई जाडोको न्यानो लुगा वितरण गरिएको छ ।
सिरहा नगरपालिका वडा न १६ माडरका स्थानीय बालबालिका तथा गरिब नागरिकलाई जाडोमा चिसोबाट बच्नका लागि आवश्यक राहत सामग्री वितरण गरिएको हो ।
मगलबार सिराहा नगरपालिका वार्ड नं-१६,माडर बिस्समिल्ला चौकमा संस्थाले ९० जना स्थानीय बालबालिका तथा नागरिक लाई ज्याकेट, चादर, साडी, आदि सामग्री वितरण गरिएको संस्थाका सह सचिब मोहम्मद मुस्तफा अज़हरीले बताएका छ्न।

जाडो महिनामा चिसो बढ्दै जाँदा फैसल सामुदायिक विकास सस्थाले सिराहा नगरपालिका वार्ड नं-१६ का स्थानीय बालबालिका तथा गरीब घरपरिवारलाई न्यानो लुगा बितरण गरेको सस्थाका अध्यक्ष मुजाहिद ले बताए ।

वितरण कार्यक्रममा स्थानीय युवा तथा राजनैतिक कर्मीहरु लगायत संस्थाका मोहम्मद इलियास राइन, सदाकत अली खान, श्री रुस्तम, मुजाहिद, श्री कयुम, श्री अब्बास, श्री असमत, श्री मुस्तफा, श्री जलील र श्री कमरुल लगायतका उपस्थिति रहेका थिए ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker