न्याय गुहारदै १०५ औ दिन आरती साह ।।।
राष्ट्रमा न्यायको खोजीमा आम नेपाली भौतारिरहेको अवस्था रहेको पाईन्छ ।
सितल साह , असोज १२ । राष्ट्रमा न्यायको खोजीमा आम नेपाली भौतारिरहेको अवस्था रहेको पाईन्छ ।
न्यायको लागी अदालतको ढोका चहारेर थकित भएकी आरती शाहकी परिवार यतिबेला माइतीघर मण्डलामा सरकार र न्यायको प्रतिक्षामा बसिरहेकी छिन ।
उनको मागको बारेमा बोल्नका लागि कोही तयार छैनन् ।
राष्ट्रमा कुनै नेताको स्वास्थ्यमा सामान्य खराबी आउने बित्तिक्कै सडकदेखि सदनसम्म हल्लिने हाम्रो देशमा एउटी नारी मारिदा पनि न्यायको खोजीमा राजधानी धाउनुपर्ने कस्तो बाध्यता ?
दाइजोको निहुमा मारिएकी आरती साहको न्यायको लागि उनको परिवारजन बिगत १०५ दिनदेखी काठमाडौँको माइतीघरमा आन्दोलनरत रहेको छ ।
उनको लागी सडक र सदन हलाउनु त कहाँ हो कहाँ ?
आरती साहको न्यायको लागि जनताहरु पनि एक शब्द बोल्न सकिरहेको छैन ।
कहाँ गए मधेश सरकार ? कहा गए मधेशि आयोग ? मधेश प्रदेशको मुख्यमन्त्रीको नजर यहाँ सम्म किन पूग्न सकेको छैन ? गृह मन्त्रीको नजर उनको न्यायसम्म नपुग्नु सरकार असफल भएको स्पष्ट बुझ्न सकिन्छ ।