मिति:- २२ जेष्ठ २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधपत्रपत्रिकामुख्य-समाचारसमाचारस्थानीय खबर

करेन्ट प्रबाह गराउने बिरुद्ध महासंघकाे प्रेस बिज्ञप्ती।।

विष्णुपुरकट्टी बस्ने नेपाल पत्रकार महासंघ सिराहा शाखाका सदस्य पत्रकार विनोद मण्डललाई अज्ञात ब्यक्ति वा समुहद्वारा करेन्ट लगाएर क्षति पुर्याउने प्रयास भएको छ ।

सितल साह , सिरहा ।। मिति २०८१ वैशाख २२ गते शनिवार धनगढीमाई १२ विष्णुपुरकट्टी बस्ने नेपाल पत्रकार महासंघ सिराहा शाखाका सदस्य पत्रकार विनोद मण्डललाई अज्ञात ब्यक्ति वा समुहद्वारा करेन्ट लगाएर क्षति पुर्याउने प्रयास भएको छ ।

पत्रकार मण्डल सुत्ने कोठाको झ्यालमा विद्युतको तार काटेर झ्यालको रडमा विभिन्न ठाउँहरूमा झुन्ड्याएको अवस्थामा फेला परेको हो। प्राकृति हेर्दा ज्यान लिने उद्देश्यका साथ करेन्ट छोडिएको हाम्रो बुझाई छ । यस्ता कायरतापुर्ण क्रियाकलाप प्रती हाम्रो घोर भत्सर्ना छ।

सत्य तथ्य छानबिन गरि दोषी माथि कडा कार्यवाही गर्नुको साथै शान्ति सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालय सिरहा र जिल्ला प्रहरी कार्यालय सिरहालाई आग्रह गर्दछै।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker