लहान २४ का माैजे साहलाई किड्नी प्रत्यारोपणको लागि आर्थिक सहयाेगकाे खाचाे।।
सिराहा जिल्लाको लहान न.पा. वडा नं. २४ गाेबिन्दपुरकाका ३८ वर्षीय मौजे साह दुई मृगौलाको असफलतासँग संघर्ष गरिरहेका छन्। हाल किड्नी प्रत्यारोपणकाे लागि आर्थिक सहयाेगकाे खाचाे रहेकाे पिडित साहका आफन्तले जानकारी गराएका छन।
सिराहा जिल्लाको गोबिन्दपुर, लहान न.पा. वडा नं. २४ का ३८ वर्षीय मौजे साह दुई मृगौलाको असफलतासँग संघर्ष गरिरहेका छन् ।
हाल उनी नेशनल किडनी सेन्टर अस्पताल, गौशाला, काठमाडौंमा हप्ताको २ देखि ३ पटकसम्म डायलाइसिस गराइरहेका छन् । उनको जीवन बचाउन मृगौला प्रत्यारोपण अत्यावश्यक छ, र यसका लागि आफन्तले किडनी दान गर्न तयार भएका छन् । तर, प्रत्यारोपणका लागि ठूलो आर्थिक खर्च आवश्यक पर्ने भएकाले मौजे साहको दयनीय आर्थिक अवस्थालाई ध्यानमा राख्दै सम्पूर्ण सहयोगी हातहरूलाई सहयोग गर्न बिनम्र अनुरोध गर्दछौं ।
तपाईंको सानो सहयोगले मौजे साहको जीवन बचाउन ठूलो योगदान हुनेछ भन्ने आशा गरिएको छ । कृपया तपाईंकै नाममा रहेका नेपाल बैंक लिमिटेडको खाता नम्बर वा Esewa ID मार्फत सहयोग पठाउनुहोस् । सहयोग पठाएपछि, बैंक भौचर (Receipt) र आफ्नो फोटो WhatsApp नम्बर 9819917007 मा पठाइदिनुहोला, ताकि सहयोगीहरूलाई धन्यवादका लागि फेसबुकमा पोस्ट गर्न सकियोस् ।
पिडित मौजे साहको बैंक खाता विवरण:
बैंक नाम: नेपाल बैंक लिमिटेड
खाता नम्बर: 01901007786481000001
नाम: मौजे साह
Esewa ID: 9822399744
नाम: मौजे साह
सहयोगका लागि धन्यवाद!