मिति:- ४ भाद्र २०८२, बुधबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

प्रदेश टाइम्स सम्पादकमाथि ज्यान मार्ने धम्की र दुर्व्यवहार, पत्रकार महासंघद्वारा दोषीमाथि कडा कारबाहीको माग

सितल साह , लहान ,सिरहा, २०८२ साउन ५ — प्रदेश टाइम्स राष्ट्रिय दैनिकका सम्पादक रामपुकार यादवमाथि भएको दुर्व्यवहार र ज्यान मार्ने धम्कीको घटनाले प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। पत्रकार यादवले सिरहाको विष्णुपुर गाउँपालिकाको आर्थिक अनियमितता र चेक वितरणसम्बन्धी समाचार प्रकाशन गरेपछि उनीमाथि आक्रमण भएको हो।

प्राप्त जानकारी अनुसार, विष्णुपुर गाउँपालिकासँग सम्बन्धित चेकहरू अवैधानिक ढंगले वितरण गरिएको विषयमा समाचार प्रकाशन गरेपछि स्थानीयवासी सन्तोष यादव, पवन यादव र निर्माण व्यवसायी लालविहारी यादवले मादक पदार्थ सेवनको अवस्थामा रामपुकार यादवमाथि अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए। उनीहरूले पत्रकार यादवलाई फोनमार्फत ज्यान मार्ने धम्की समेत दिएका थिए।

घटनापछि पत्रकार महासंघ सिराहा शाखाले एक विज्ञप्ति जारी गर्दै घटनाको कडा शब्दमा निन्दा गरेको छ। महासंघले पत्रकारमाथिको यस्ता आपराधिक आक्रमण कुनै हालतमा सह्य नहुने स्पष्ट पार्दै दोषीलाई तुरुन्त कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

महासंघले भनेको छ, “स्वतन्त्र पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो। पत्रकारमाथि हुने यस्ता आक्रमणहरू अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार हुन्, जसलाई हामी कदापि स्वीकार गर्न सक्दैनौं।”

यसैबीच महासंघले सम्पूर्ण सञ्चारकर्मीहरूलाई एकताको सन्देश दिँदै शान्तिपूर्ण तर दृढ ढंगले प्रेस स्वतन्त्रताको संरक्षण गर्न अगाडि आउन आग्रह गरेको छ। यस घटनाले पछिल्लो समय बढ्दो प्रेसमाथिको दवाब, भय र आक्रमणको श्रृंखला उजागर गर्दै जिम्मेवार निकायलाई प्रेस सुरक्षातर्फ गम्भीर बन्न आवश्यक रहेको सन्देश दिएको छ।

सम्पर्कमा रहेका पत्रकारहरूले पनि घटनाको कडा विरोध जनाउँदै रामपुकार यादवको सुरक्षाको माग गरेका छन्। पत्रकारहरूले भनेका छन् — “प्रशासनले यदि समयमा दोषीलाई नियन्त्रणमा लिएन भने यस्ता घटना पुनः दोहोरिन सक्छन्।”

समाचार सम्प्रेषण गर्ने पत्रकारहरूमाथि यसरी भयको वातावरण सिर्जना गर्नु प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यविपरीत भएकोले तत्काल ठोस कदम चाल्न महासंघ लगायतका पत्रकार अधिकारवादी संस्थाहरूले जोड दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button