मिति:- १६ असार २०८२, सोमबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

लहान नगर प्रमुखको ‘भजन मण्डली’ शैलीको नगरसभा : माओवादी केन्द्र र उपप्रमुखको बहिष्कार।

सितल साह, असार ०७ सिरहा , लहान ।। लहान नगरपालिका–१६ औं नगर सभाको उद्घाटन सत्रले ठूलो विवाद निम्त्याएको छ। नेकपा (माओवादी केन्द्र) लहान नगर अध्यक्ष हेमन्त कुमार यादव र लहानका उपप्रमुख रामचलितर महतोले नगर प्रमुख महेश चौधरीको एकपक्षीय रवैयाको कडा आलोचना गर्दै सभाको बहिष्कार गरेका छन्।

अध्यक्ष हेमन्त यादवले स्टाटस लेख्दै  नगर प्रमुख चौधरीले लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्नुको साटो आफ्ना नजिकका झोले झम्टे र तथाकथित ‘भजन मण्डली’लाई मात्रै नगर सभामा बोलाएर भित्र्याएको आरोप लागेको छ। राष्ट्रिय दलहरूसमेतलाई सभाबाट बहिष्कार गर्नु चौधरीको असंवेदनशीलता र अलोकतान्त्रिक सोचको प्रमाण भएको भन्दै अध्यक्ष यादवले आक्रोश व्यक्त गरेका छन्।

उनले चौधरीलाई “गबार, चिट चोरेर पास भएको, स्वस्थ आलोचना पनि सहन नसक्ने भ्रष्ट मेयर” को संज्ञा दिँदै नगर प्रमुख महेश चौधरी र प्रशासकीय अधिकृत जयकान्त झाको साँठगाँठमा लहान नगरपालिकालाई निजी कम्पनीझैं चलाइएको आरोप समेत लगाएका छन्।

अध्यक्ष यादवले किसानको जीवनरेखा मानिएको खुट्टी नहर सिँचाइ योजनालाई बेवास्ता गर्दै ल्याइएको बजेटप्रति आक्रोश पोख्दै भने, “यो कर्मकाण्डी बजेट निमुखा किसानलाई धोका दिने काम हो। विगतको निरन्तरताको नाममा फेरि आफन्त र आसेपासे केन्द्रित बजेट ल्याउनु घोर निन्दनीय छ।”

त्यसैगरी, लहानका उपप्रमुख रामचलितर महतोले समेत नगर प्रमुखको कार्यशैलीप्रति गम्भीर असन्तोष जनाउँदै १६ औं नगर सभामा सहभागी नभएको प्रस्ट पारे। बिगत केही दिन देखि प्रमुख ,उप प्रमुख बिच नगरपालिकामा बिवाद चलिरहेकाे सर्बबिदितै छ । प्रशासकीय अधिकृतको आडमा आफ्नो अधिकार मिचिएकाे कार्यशैली असाेभनिय रहेकाे बतउदै महताेले अधिकारकाे लडाई लडने छु जानकारी दिनु भयाे ।

महतोले भने, “नगर सभा लोकतान्त्रिक अभ्यासको सर्वोच्च मञ्च हो, तर चौधरीले यसलाई दलीय एकाधिकार र पञ्जा फ्याँक्ने थलो बनाएका छन्। यो जनताको अपमान हो।”

नगर सभाबाट आसेपासेलाई पोस्ने नियतले मात्रै बजेट छुट्याइएको आरोप लगाउँदै दुवै नेताहरूले बजेट पुनःसंरचना गरेर किसानमुखी, जनमुखी नीति तथा कार्यक्रम ल्याउन जोडदार माग गरेका छन्।

लहान नगरपालिकाको १६औं नगरसभाबाट नगरप्रमुख महेश प्रसाद चौधरीले आ.व.२०८२/०८३ का लागि १ अरब ६७ करोड ९५ लाख २८ हजार ६ सय १ को बजेट प्रस्तावित गर्नुभएको छ ।
नगरसभामा सहभागी भएका ब्यक्तिहरुकाे अनुसार सभा भब्य र सभ्य तवरले सम्पन्न भएकाे जानकारी गराउनु भयाे र सभामा मधेश प्रदेशका मन्त्री ,सांसद लगायत जिल्ला भरीबाटपनि विभिन्न तहतपका बिशिस्ट व्यक्तिहरुकाे उल्लेखनीय उपस्थित रहेकाे बताएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button