मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधपत्रपत्रिकामुख्य-समाचारसमाचारस्थानीय खबर

रेडियो नेपालका महोत्तरी संवाददाता मंजित राममाथि साङ्घातिक आक्रमण, दोषीमाथि कारबाहीको माग।

महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–५ स्थित आफ्नै निवासमा रहेका रेडियो नेपालका संवाददाता मंजित राममाथि २०८१ चैत ३ गते आइतबार दिउँसो ३ बजे साङ्घातिक आक्रमण भएको छ।

सितल साह ,सिरहा, चैत ०४ ।। महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–५ स्थित आफ्नै निवासमा रहेका रेडियो नेपालका संवाददाता मंजित राममाथि २०८१ चैत ३ गते आइतबार दिउँसो ३ बजे साङ्घातिक आक्रमण भएको छ।

प्राप्त जानकारीअनुसार, स्थानीय कुंज बिहारी यादवसहित उनका परिवारजनले जबरजस्ती घरमै प्रवेश गरी पत्रकार रामलाई कुटपिट गरेका थिए। त्यसपछि उनलाई आफ्नो दरबाजामा लगेर हातखुट्टा बाँधेर बन्धक बनाई थप निर्घात कुटपिट तथा यातना दिइएको थियो, जसका कारण राम घाइते भएका छन्। हाल उनको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ।

पुरानो रिसिइवीका कारण घरमै प्रवेश गरी पत्रकार अथवा जोकोहीमाथि आक्रमण गर्नु, हातखुट्टा बाँधेर अमानवीय यातना दिनु जघन्य अपराध हो भन्ने ठहर गर्दै, घटनामा संलग्न दोषीहरूलाई अविलम्ब पहिचान तथा पक्राउ गरी कानूनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ। साथै, घाइते पत्रकार रामको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker