मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
शिक्षा-स्वास्थसमाचारस्थानीय खबर

छोराको जन्मदिनमा समाजवादी बिद्यार्थी युनियन नेपालका अध्यक्ष उमेश साहद्वारा कापी–कलम वितरण।

समाजवादी विद्यार्थी युनियन नेपालको सिरहा जिल्ला अध्यक्ष उमेश कुमार साहले आफ्नो छोरा श्रीरयान्सको जन्मदिनलाई सामाजिक उत्तरदायित्वसहित मनाउँदै उदाहरणीय कार्य गरेका छन्।

सितल साह , चैत ०४ , सिरहा, बरियारपट्टी — समाजवादी विद्यार्थी युनियन नेपालको सिरहा जिल्ला अध्यक्ष उमेश कुमार साहले आफ्नो छोरा श्रीरयान्सको जन्मदिनलाई सामाजिक उत्तरदायित्वसहित मनाउँदै उदाहरणीय कार्य गरेका छन्। उनले बरियारपट्टी गाउँपालिका–०१ स्थित श्री राम जानकी आधारभूत विद्यालय नरगी चौकमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका बालबालिकालाई कापी–कलम वितरण गरी जन्मदिन विशेष बनाएका हुन्।

अध्यक्ष साहले विद्यालयमा आयोजित कार्यक्रममार्फत विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै जन्मदिन मनाउनुको उद्देश्य सामाजिक सद्भाव र शिक्षा प्रोत्साहन भएको बताए। उनले भने, “हजारौँ रुपैयाँ खर्च गरेर भव्य भोज वा पार्टी गर्नुको सट्टा समाजका निम्नवर्गीय नानी–बाबुहरूलाई सहयोग गर्दा मनमा अत्यन्त शान्ति र आनन्द मिल्छ। यस्तो कार्यले उनीहरूको पढाइमा उत्साह थपिन्छ।”

कार्यक्रममा विद्यालय परिवार र स्थानीय अभिभावकहरूले अध्यक्ष साहको यस सामाजिक भावनालाई प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे। विद्यालयका शिक्षकहरूका अनुसार यस्ता सहयोगले विद्यार्थीमा सकारात्मक ऊर्जा भरिने तथा अध्ययनमा मन लाग्ने वातावरण बन्नेछ।

कार्यक्रममा विद्यार्थीहरू पनि निकै उत्साहित देखिएका थिए। हातमा नयाँ कापी र कलम लिएर उनीहरू मुस्कुराउँदै खुशी व्यक्त गरिरहेका थिए। समाजमा यस्ता सन्देशमूलक कार्यले सकारात्मक उदाहरण प्रस्तुत गर्ने जनाउँदै विद्यालय व्यवस्थापन समितिले समेत अध्यक्ष साहलाई बधाई तथा शुभकामना दिएको छ।

अध्यक्ष साहको यो कार्यले सामाजिक चेतना अभिवृद्धि मात्र नभई जन्मदिन मनाउने नयाँ शैली पनि प्रस्तुत गरेको स्थानीयले बताएका छन्।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker