मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
महाधिवेशनशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

सिरहा समाजवादी विद्यार्थी युनियन नेपाल द्वारा फागुन १० गते जिल्ला अधिवेशन गर्ने निर्णय।

सिरहा जिल्लाकाे समाजवादी विद्यार्थी युनियन नेपाल, जनता समाजवादी पार्टी (जसपा) निकट विद्यार्थी संगठन, सिरहा जिल्लाको बैठक सम्पन्न भएको छ।

सितल साह , लहान , सिरहा,  माघ २७,।। सिरहा जिल्लाकाे समाजवादी विद्यार्थी युनियन नेपाल, जनता समाजवादी पार्टी (जसपा) निकट विद्यार्थी संगठन, सिरहा जिल्लाको बैठक सम्पन्न भएको छ। बैठकमा फागुन १० गते जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको छ।

सिरहा जिल्ला अध्यक्ष उमेश कुमार साहको अध्यक्षतामा बसेको उक्त बैठकमा समाजवादी विद्यार्थी युनियन नेपालका मधेस प्रदेश अध्यक्ष दिपेश कुमार यादव, मधेस प्रदेश उपाध्यक्ष चन्दशेखर यादव तथा जिल्लाका अन्य पदाधिकारीहरू र विद्यार्थी नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकमा जिल्लाका सम्पूर्ण कलेजहरूमा एकाइ कमिटी गठन गर्ने र त्यसपश्चात् जिल्ला अधिवेशन गर्ने निर्णय सर्वसम्मत रूपमा गरिएको हो। साथै, संगठन विस्तार, विद्यार्थीहरूको हकहित, तथा भावी रणनीतिहरूका विषयमा विस्तृत छलफल गरिएको थियो।

समाजवादी विद्यार्थी युनियन नेपालले विद्यार्थी अधिकार, शैक्षिक सुधार, तथा संगठनात्मक सशक्तीकरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ। बैठकमा सहभागी नेताहरूले विद्यार्थीहरूलाई संगठित गर्दै समृद्ध शैक्षिक वातावरण निर्माण गर्न एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन्।

जिल्ला अध्यक्ष उमेश कुमार साहले अधिवेशनलाई भव्य रूपमा सफल बनाउन सम्पूर्ण विद्यार्थी सदस्य तथा सम्बन्धित पक्षलाई सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker