मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
कृषिसमाचारस्थानीय खबर

लहानमा गाउँ ब्लक जग्गाकाे समस्या समाधानकाे माग गर्दै मसाल जुलुस।

लहानका स्थानीयले आइतबार साँझ गाउँ ब्लक जग्गाको समस्या समाधानको माग गर्दै मसाल जुलुस निकालेका छन्। दुर्गा मन्दिरबाट सुरु भएको जुलुस मालपोत कार्यालय अगाडि कोणसभामा परिणत भएको थियो।

सिरहा, लहान – लहानका स्थानीयले आइतबार साँझ गाउँ ब्लक जग्गाको समस्या समाधानको माग गर्दै मसाल जुलुस निकालेका छन्। दुर्गा मन्दिरबाट सुरु भएको जुलुस मालपोत कार्यालय अगाडि कोणसभामा परिणत भएको थियो।

संघर्ष समितिका संयोजक अरुण केसीका अनुसार लहानका २४ वटै वडामा गाउँ ब्लक जग्गासम्बन्धी समस्या छ। यसकै कारण हजारौं नगरवासी ५० वर्षभन्दा बढी समयदेखि पीडित छन्।

स्थानीयहरूको घर रहेको केही जग्गा गाउँ ब्लकअन्तर्गत पर्ने, निस्सा तथा लालपुर्जा वितरण भए पनि अद्यावधिक नहुँदा किनबेच र बैंक कारोबार गर्न नसकिने समस्या रहेको केसीले बताए। करिब ७ हजारभन्दा बढी जग्गा हालसम्म नापी नभएको उनले जानकारी दिए।

मालपोत र नापी कार्यालयको ढिलासुस्तीका कारण समस्या समाधान हुन नसकेको कांग्रेस लहान नगर सभापति संजय यादवले आरोप लगाए।

लहान नगरप्रमुख महेश चौधरीले नगरपालिकाबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै समस्या समाधानका लागि मालपोत र नापी कार्यालयले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker