मिति:- २२ जेष्ठ २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
मुख्य-समाचारसमाचारस्थानीय खबर

जसपा नेपालले अध्यादेशबारे औपचारिक निर्णय नगरेको स्पष्ट गर्दै भ्रामक समाचारको खण्डन

जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यादेशबारे कुनै औपचारिक निर्णय नगरेको स्पष्ट पारेको छ। पार्टीका अनुसार, अध्यादेश अध्ययन कार्यदलले भोलि बिहान ९ बजे प्रतिवेदन बुझाउनेछ, जसपछि ११ बजे बस्ने संसदीय दलको बैठकले औपचारिक निर्णय गर्नेछ।

जसपा नेपालले अध्यादेशबारे औपचारिक निर्णय नगरेको स्पष्ट गर्दै भ्रामक समाचारको खण्ड

सितल साह माघ २३, सिरहा।। जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यादेशबारे कुनै औपचारिक निर्णय नगरेको स्पष्ट पारेको छ। पार्टीका अनुसार, अध्यादेश अध्ययन कार्यदलले भोलि बिहान ९ बजे प्रतिवेदन बुझाउनेछ, जसपछि ११ बजे बस्ने संसदीय दलको बैठकले औपचारिक निर्णय गर्नेछ।

यसैबीच, ‘आलोचनात्मक समर्थनसहित जसपा नेपाल अध्यादेशको पक्षमा उभिने’ भन्ने भ्रामक समाचार मिडिया र सामाजिक सञ्जालमा फैलिएको भन्दै जसपा नेपालले त्यसको खण्डन गरेको छ। पार्टीले यस्ता भ्रमपूर्ण समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै सत्यतथ्यबिना समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker