मिति:- २२ जेष्ठ २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

LMC काे २७औं वार्षिक उत्सव, र LMC EXPO को तेस्रो संस्करण भव्य रूपमा सम्पन्न।।

सिरहा जिल्लाको लहानस्थित LMC Secondary School ले आफ्नो २७औं वार्षिक उत्सव, अभिभावक दिवस तथा LMC EXPO 2081 भव्य रूपमा मनाएको छ।

लहान, माघ २० – सिरहा जिल्लाको लहानस्थित LMC Secondary School ले आफ्नो २७औं वार्षिक उत्सव, अभिभावक दिवस तथा LMC EXPO 2081 भव्य रूपमा मनाएको छ। दुई दिने कार्यक्रम माघ १९ र २० गते सम्पन्न भएको थियो, जसमा हजारौं अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा मौलिक कला, संस्कृति प्रवर्द्धन तथा शैक्षिक प्रदर्शनीहरू प्रमुख आकर्षणको रूपमा प्रस्तुत गरियो। विद्यालयका छात्रछात्राहरूले पुराना गीत-संगीत तथा नृत्यका माध्यमबाट नेपाली संस्कृतिको झल्को दिएका थिए। साथै, विद्यार्थीहरूले विज्ञान प्रदर्शनी, हस्तकला, पेन्टिङ आर्ट, रोचक खेल तथा स्वास्थ्य जाँच शिविर सञ्चालन गरेका थिए।

विद्यालयका संस्थापक अध्यक्ष पाण्डव हमाल ठकुरी ले स्वागत मन्तव्य दिँदै LMC ले शिक्षालाई सीप, संस्कार र जीवनसँग जोड्ने लक्ष्य लिएको बताए। समापन समारोहमा प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्डका प्रमुख धनपती भेट्वाल ले LMC को कार्यक्रम अन्य विद्यालयभन्दा फरक र रोचक भएको भन्दै विद्यालयको स्तर प्रशंसनीय रहेको बताए।

कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थी तथा विश्वकै सबैभन्दा सानो एक्स-रे मेशिनका आविष्कारक वैज्ञानिक डा. अमर प्रसाद गुप्ता का अभिभावकलाई सम्मान गरियो। साथै, LMC’s Father of the Year सुमित परियार र LMC’s Mother of the Year अन्जु कार्कीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। उत्कृष्ट शिक्षक, कर्मचारी तथा विभिन्न समुदायका अभिभावकहरूलाई पनि प्रमाणपत्र तथा दोसल्लाले सम्मान गरियो।

विद्यालयका CEO आयुष हमाल ठकुरी ले नेपाल र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षाको प्रवर्धन गर्दै LMC लाई नवीन शैक्षिक संस्थाको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा विद्यालय व्यवस्थापनले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्यो।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker