मिति:- २२ जेष्ठ २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधसमाचारस्थानीय खबर

सिरहाकाे लहानमा सुनचाँदी पसल लुट्ने योजना: भारतीयसहित तीन जना पक्राउ

सिरहा जिल्लाको लहान नगरपालिका-७ स्थित विकाश ट्रेडर्स (सुनचाँदी व्यवसायी) मा डाँका गर्ने योजनासहित तीन जना व्यक्तिहरू पक्राउ परेका छन्।

सितल साह, लहान , माघ २३ ।। सिरहा जिल्लाको लहान नगरपालिका-७ स्थित विकाश ट्रेडर्स (सुनचाँदी व्यवसायी) मा डाँका गर्ने योजनासहित तीन जना व्यक्तिहरू पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहा सुखिपुर नगरपालिका-८ का ४५ वर्षीय इन्दल भन्ने इन्द्र नारायण चौधरी, लहान नगरपालिका-२२ का ३१ वर्षीय भैरव भन्ने देव कुमार मुखिया, तथा भारत पश्चिम बंगाल हुगली जिल्लाका ७ नं. वडाका निरोज भन्ने मेहराज मोन्डल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाले गोप्य सूचनाको आधारमा २०८१ माघ २२ गते प्रहरी नायब उपरीक्षक विरेन्द्र कुमार पासवानको नेतृत्वमा विशेष प्रहरी टोली परिचालन गरी लहान नगरपालिका-७ बाट तिनीहरूलाई नियन्त्रणमा लिएको हो। त्यस्तै, अनुसन्धानको क्रममा माघ २३ गते लहान नगरपालिका-४ निवासी ४१ वर्षीय दिनेश विश्वकर्मालाई समेत पक्राउ गरिएको छ।

पक्राउ परेकाहरूलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker