मिति:- ७ पुष २०८१, आईतवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
आन्दोलनआर्थिककृषिमुख्य-समाचारशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

रा.स्व.पा.लहान नगर समितिले खुल्ला नहरको माग गर्दै लहान नगरलाई ज्ञापन पत्र।।

राष्ट्रिय स्वतन्त्र पार्टी लहान नगर समितिले नगर प्रमुखलाई ज्ञापन पत्र प्रस्तुत गर्दै बजार क्षेत्रका नहरहरूलाई अण्डर ग्राउन गर्ने सट्टा खुल्ला र व्यवस्थित बनाउन आग्रह गरेको छ। सो ज्ञापन पत्रमा लहान नगरलाई सुन्दर र आर्काषक बनाउने उद्देश्यले नहरहरूको उचित व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ।

सितल साह , कार्तिक ६ , लहान, सिरहा– राष्ट्रिय स्वतन्त्र पार्टी लहान नगर समितिले नगर प्रमुखलाई ज्ञापन पत्र प्रस्तुत गर्दै बजार क्षेत्रका नहरहरूलाई अण्डर ग्राउन गर्ने सट्टा खुल्ला र व्यवस्थित बनाउन आग्रह गरेको छ। सो ज्ञापन पत्रमा लहान नगरलाई सुन्दर र आर्काषक बनाउने उद्देश्यले नहरहरूको उचित व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ।

ज्ञापन पत्रमा भनेको छ कि खुल्ला नहरहरूले आन्तरिक पर्यटकलाई आकर्षित गर्न मद्दत गर्नेछ। “समाजमा अहिले सामाजिक संजालको युग छ,” भनिएको छ, “खुल्ला र व्यवस्थित नहरले लहानलाई पर्यटकका लागि आकर्षक गन्तव्य बनाउने अवसर प्रदान गर्छ। विश्वका विभिन्न सहरहरूले कृतिम नहर बनाएर पर्यटन विकास गरेको छन्, हामीले पनि हाम्रो नहरलाई व्यवस्थापन गरेर यस दिशामा अघि बढ्न सक्छौं।”


किसानहरूको सिचाँईका लागि खुल्ला नहरको महत्वलाई पनि जोड दिइएको छ। “खुल्ला नहरले किसानहरूलाई सिचाँईको सम्पूर्ण व्यवस्था गर्नमा सहयोग गर्नेछ, जसले कृषि उत्पादनमा सुधार ल्याउन मद्दत पुर्याउनेछ,” पत्रमा उल्लेख गरिएको छ।

गर्मी महिनामा नहरमा पानीको प्रवाह कायम राख्नाले सहरको तापमानलाई कम गर्न मद्दत गर्ने पनि स्पष्ट गरिएको छ। “यदि गर्मीमा नहरमा पानी चलिराख्यो भने, नागरिकहरूले गर्मीको अत्यधिक असर महसुस गर्दैनन्,” पत्रमा भनिएको छ।

ज्ञापन पत्रमा लामखुट्टेको प्रकोपको विषयमा पनि ध्यानाकर्षण गराइएको छ। “लामखुट्टे प्रकोपका कारण डेगु र मलेरिया जस्ता रोगहरूको वृद्धि भइरहेको छ,” भनिएको छ। नगर प्रमुखलाई सुझाव दिँदै भनिएको छ कि विज्ञहरूको सल्लाह र सुझाव लिएर यस समस्याको समाधान गर्न आवश्यक छ।

लहान नगर समितिको यो प्रयासले नगरको सौन्दर्य र स्वास्थ्य दुवैलाई संरक्षण गर्ने र विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। समितिले नगर प्रमुखलाई खुल्ला नहरको व्यवस्थापनलाई प्राथमिकतामा राख्न अनुरोध गरेको छ।

रा.स्व.पा.का लहान नगर सभापति लव कुमार मण्डलले नागरिक र किसानहरूको हितमा नगरको विकासका लागि आवश्यक कदम चाल्न सुझाव दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker