मिति:- ८ पुष २०८१, सोमबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
उधघाटनसमाचारस्थानीय खबर

जसपा नेपालकाे आधारभूत संगठन निर्माण तथा शुभकामना आदानप्रदान कार्यक्रम कल्याणपुरमा सम्पन्न।

नेपालीहरूको महान पर्व बडा दशैं, दीपावली र छठको अवसरमा जनता समाजवादी पार्टी नेपालले आधारभूत संगठन निर्माण अभियानको अभिमुखी कार्यक्रम सम्पन्न गरेको छ।

सितल साह ,सिरहा, असाेज २१ ।।  नेपालीहरूको महान पर्व बडा दशैं, दीपावली र छठको अवसरमा जनता समाजवादी पार्टी नेपालले आधारभूत संगठन निर्माण अभियानको अभिमुखी कार्यक्रम सम्पन्न गरेको छ। कल्याणपुर नगरपालिका, रामजानकी सभाहलमा आयोजित कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित भएका थिए। जसपाका राष्ट्रिय उपाध्यक्ष र पूर्व मन्त्री माननीय राजकिशोर यादव, केन्द्रीय समिति सचिव र पूर्व मधेश प्रदेश राज्य मन्त्री सुरेश कुमार मण्डल,पुर्ब मधेश प्रदेश मन्त्री सञ्जीला कुमारी यादव केन्द्रीय सदस्य त्रिपुरा झा तथा जिल्ला अध्यक्ष अशाेक यादब लगायतका नेता रहेका थिए।

कार्यक्रममा विभिन्न कार्यक्रमहरूको आयोजना गरिएर उपस्थित समस्त कार्यकर्ताहरुलाई पार्टीको मूलनारासँग जोड्नका लागि प्रेरित गरिएको थियो। प्रमुख वक्ता राजकिशाेर यादवले पार्टीको समर्पण र जनताको हितमा काम गर्नको लागि सबैले एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए। उनले भने, “हामीले जनताको अधिकार र हकका लागि संघर्ष गर्नुपर्छ। हाम्रा अभियानले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ” भनाई राख्दै  नेता यादबले नेपालिहरुकाे महान चाड वडादशै , दिपावली र छठ पर्व शुभकामना समेत ब्यक्त गरेका छन।

कार्यक्रममा उपस्थित अन्य नेताहरूले पनि जसपा.को दृष्टिकोण र योजनाबारे जानकारी दिएका थिए। मधेश प्रदेशका माननीय सञ्जीला कुमारी यादव र त्रिपुरा झा ज्यूले पार्टीको संगठन सुदृढ गर्नका लागि सामूहिक प्रयासको आवश्यकता औंल्याए।

कल्याणपुर नगर भरिका विभिन्न तह तप्काका नेता र कार्यकर्ताहरूको उत्साहपूर्ण उपस्थितीले कार्यक्रमलाई भव्यता प्रदान गर्यो। यस अवसरमा आयोजित अभिमुखी कार्यक्रमले पार्टीको सन्देशलाई जनजनमा पुर्याउने र संगठन निर्माणमा मद्दत गर्ने उद्देश्य राखेको थियो।

यसैगरी, जसपा. नेपालले जनताको बीचमा आफ्नो उपस्थिती बढाउने र पार्टीको मूल उद्देश्यलाई उजागर गर्ने कुरामा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker