मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधलागूऔषधशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

सिरहाको बरियारपटी नजिकै दशगजामा एक युवकको शव फेला

सिरहामा एक युवकको शव फेला परेको छ । बरियारपट्टी गाउँपालिका-३ स्थित नेपाल भारत सीमामा मंगलबार बिहान एक युवकको शव भेटिएको हो ।

सिरहा असाेज -८।।  सिरहामा एक युवकको शव फेला परेको छ । बरियारपट्टी गाउँपालिका-३ स्थित नेपाल भारत सीमामा मंगलबार बिहान एक युवकको शव भेटिएको हो ।
प्रहरीका अनुसार, मृतक सुखीपुर नगरपालिका-२ छजनाका राम उदगार यादवका ३२ वर्षीय छोरा भुला यादव रहेकाे बताएका छन।। प्रहरीले शवको मुचुल्का गरी पोस्टमार्टमका लागि सिरहास्थित प्रादेशिक अस्पताल पठाएको छ ।
घटना विषयमा थप अनुसन्धान कार्य भइरहेको सिरहा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले बताए । स्थानीयका अनुसार, उनी सोमबार साँझ घरबाट निस्केका थिए । उनी लागूऔषध सेवन गर्न भारत गएको र लागू औषध अत्यधिक सेवन गरेर फर्किने बेला ओभर डोज भएर मृत्यु भएको हुनसक्ने स्थानीयको अनुमान छ ।

दिनहुँ सयौं युवाहरू भारतिय बजार लदनियामा लागूऔषध खान जान्छ ।लागू पदार्थहरू मद्यपान र धूम्रपान भन्दा हजारौँ गुणा हानिकारक र खतरनाक छ । मद्यपान र धूम्रपानले त बरु केही वर्षमा गएर रोगहरू जन्माउँछन् भने लागू औषध पदार्थहरूले तुरुन्तै असर गर्दछन् । यी पदार्थहरू यति खतराजनक छन् कि २/४ पटक प्रयोग गर्दैमा बानी बसिहाल्दछ । यी पदार्थहरूले रगत र शरीरमा यस्ता असरहरू छाड्छन्, जसको अभावमा सेवनकर्ता सुखमय भएर जिउन सक्दैन । बिगत केही महिना देखि यस्ता क्रियाकलापहरु बढदाे भईरहेकाे हुनाले नेपाल सरकारले तत्काल ध्यान दिनु पर्ने स्थानीयहरु बताउछन।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker