मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
उधघाटनशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

मधेस प्रदेशमा संविधानमा दलितको हकअधिकार र हाम्रो सरोकार विषयक अन्तरक्रिया सम्पन्न

संविधान दिवस २०८१ को पूर्व सन्ध्यामा जनता समाजवादी पार्टी, नेपालको जनतासँग जसपा नेपाल: आधारभूत संगठन निर्माण अभियान अन्तर्गत समाजवादी दलित मुक्ति संगठन मधेस प्रदेश समिति द्वारा “संविधानमा दलितको हकअधिकार र हाम्रो सरोकार” विषयमा मधेस प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

 

सितल साह ,जनकपुर, मधेस प्रदेश असाेज ३– संविधान दिवस २०८१ को पूर्व सन्ध्यामा जनता समाजवादी पार्टी, नेपालको जनतासँग जसपा नेपाल: आधारभूत संगठन निर्माण अभियान अन्तर्गत समाजवादी दलित मुक्ति संगठन मधेस प्रदेश समिति द्वारा “संविधानमा दलितको हकअधिकार र हाम्रो सरोकार” विषयमा मधेस प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता समाजवादी दलित मुक्ति संगठन मधेस प्रदेश समितिका अध्यक्ष रामो महराले गर्नुभएको थियो। प्रमुख अतिथि पूर्व मा.जसपा नेपाल केन्द्रीय सदस्य चमेली दास र विशिष्ट अतिथि प्रदेश अध्यक्ष वाल किशोर यादव, केन्द्रिय सदस्य लाल किशोर यादव रहेका थिए।

कार्यक्रममा समाजवादी दलित मुक्ति संगठनका केन्द्रिय इन्चार्ज चन्देश्वर पासमानले नेपालको संविधान २०७२ मा दलित समुदायका हकअधिकार प्राप्तीका लागि केही महत्वपूर्ण बुँदा र धारा प्रस्तुत गर्दै कार्यपत्र पेश गर्नुभयो। कार्यपत्र माथि टिप्पणी गर्नका लागि जसपा केन्द्रीय सदस्य स्मृति मिश्रा, पूर्व कानुन मन्त्री ज्ञानेन्द्र यादव, प्रेस मंच प्रदेश अध्यक्ष अभरेन्द्र कुमार यादव, र युवा नेता दिपु कापरिले सुझाव दिनुभयो।

कार्यक्रममा दलित समुदायका विभिन्न अभियन्ता र नेताहरुको उपस्थिती रहेको थियो। कार्यक्रमको सञ्चालन समाजवादी दलित मुक्ति संगठनका मधेश प्रदेश सचिव शोभित पासमानले गर्नुभएको थियो।

यस कार्यक्रमले दलित समुदायका हकअधिकार र उनीहरूको मुद्दाबारे जनचेतना बढाउने उद्देश्य राखेको छ, जसले भविष्यमा यस क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने आशा गरिएको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker