मिति:- २८ कार्तिक २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
मुख्य-समाचारशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

लोकज्योति उत्थान केन्द्रद्वारा उदयपुर कटारीका तीन विद्यालयमा शैक्षिक अनुगमन।

सितल साह,उदयपुर,कटारी ,१७ कार्तिक ०८३ । लोकज्योति उत्थान केन्द्र “विद्यालय स्वास्थ्य कार्यक्रम” OUS Project Area अन्तर्गत उदयपुरको कटारी नगरपालिकामा केन्द्रका कार्यक्रम सञ्चालित रहेका तीन विद्यालयमा शैक्षिक अनुगमन गरिएको छ।

विद्यालयको पठनपाठनलाई प्रभावकारी बनाउने, विद्यार्थीको सिकाइ अवस्था बुझ्ने तथा केन्द्रद्वारा वितरण गरिएका शैक्षिक र खेलकुद सामग्रीको प्रयोगबारे जानकारी लिने उद्देश्यले २०८३ साल कात्तिक १६ र १७ गते विभिन्न विद्यालयमा अनुगमन गरिएको हो।

अनुगमनका क्रममा कटारी नगरपालिका–६, जोगीडाँडास्थित श्री दीपेन्द्र माध्यमिक विद्यालयमा कात्तिक १६ गते केन्द्रका सहायक फिल्ड अधिकृत यदुनाथ ढुंगानाले अनुगमन गरेका थिए। सोही दिन कटारी नगरपालिका–१०, सोरुङ छबिसेस्थित श्री जनता कालिका माध्यमिक विद्यालयमा संस्थाका प्रतिनिधि भोजकुमारी राउतले अनुगमन गरेकी थिइन्।

त्यसैगरी, कात्तिक १७ गते कटारी नगरपालिका–९ स्थित श्री माध्यमिक विद्यालय लिम्पटारमा पनि संस्थाका प्रतिनिधि भोजकुमारी राउतले शैक्षिक अनुगमन गरेकी थिइन्।

अनुगमनका क्रममा विद्यालयका विभिन्न कक्षाकोठामा पुगेर पठनपाठनको अवस्था, कक्षाकोठाको वातावरण, विद्यार्थीको उपस्थिति तथा सिकाइ प्रक्रियाबारे अवलोकन गरिएको थियो। साथै, विद्यार्थीहरूसँग पठनपाठन र सिकाइसम्बन्धी प्रतिक्रिया लिइएको थियो। केन्द्रद्वारा उपलब्ध गराइएका शैक्षिक तथा खेलकुद सामग्रीको प्रयोग र प्रभावकारिताबारे समेत निरीक्षण गरिएको थियो।

यसैगरी, शिक्षक तथा शिक्षिकाहरूसँग अन्तरक्रिया र छलफल गरी विद्यालयको शैक्षिक अवस्था, शिक्षण विधि, विद्यार्थीको सहभागिता तथा पठनपाठनलाई थप प्रभावकारी बनाउने उपायका विषयमा जानकारी लिइएको थियो।

विद्यालयमा उपलब्ध गराइएका शैक्षिक तथा खेलकुद सामग्रीको उचित प्रयोग भए–नभएको सुनिश्चित गर्नुका साथै ती सामग्रीले विद्यार्थीको सिकाइ, सिर्जनात्मक क्षमता र शारीरिक विकासमा पुर्‍याएको सहयोगबारे पनि अनुगमन गरिएको थियो।

लोकज्योति उत्थान केन्द्रले विद्यालय स्वास्थ्य कार्यक्रमअन्तर्गत विद्यालयहरूमा शैक्षिक तथा खेलकुद सामग्री उपलब्ध गराउँदै आएको छ। ती सामग्रीको प्रभावकारी उपयोग, विद्यालयको शैक्षिक वातावरणमा सुधार तथा विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि गर्ने उद्देश्यले केन्द्रले समय–समयमा विद्यालय अनुगमन तथा अवलोकन गर्दै आएको छ।

यस्ता नियमित अनुगमनले विद्यालयको वास्तविक अवस्था पहिचान गर्न, शिक्षक तथा विद्यार्थीका आवश्यकता बुझ्न र पठनपाठनलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker