मिति:- ४ भाद्र २०८२, बुधबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

औरहीमा नेतृत्व विकास तालिम सम्पन्न, पाँच वडाका ५० युवायुवतीले पाए प्रभावकारी प्रशिक्षण

सितल साह , असार २० ,सिरहा ।। सिरहा जिल्लाको औरही गाउँपालिकामा आयोजित पाँचदिने नेतृत्व विकास तालिम आज बिहीबार असार १९ गते सफलता साथ सम्पन्न भएको छ। सिरहा टाइम्स मिडिया हाउस प्रा.लि., लहान–३ को आयोजनामा र औरही गाउँ कार्यपालिकाको कार्यालयको सहयोगमा सम्पन्न तालिममा गाउँपालिकाका पाँचवटै वडाबाट करिब ५० जना युवायुवतीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

“युवा सशक्तिकरणका लागि नेतृत्व विकास तालिम” भन्ने मूल उद्देश्यसहित आयोजित प्रशिक्षण कार्यक्रममा शम्भु चौधरी, लालबिहारी (एलबी) यादव, महेश सिंह र मो. रहमुल राइनजस्ता अनुभवी प्रशिक्षकहरूले नेतृत्व, आत्मविश्वास, संचार कौशल र सामाजिक उत्तरदायित्व जस्ता विषयमा सहभागीहरूलाई जीवन उपयोगी प्रशिक्षण दिएका थिए। सहभागीहरूले तालिमलाई व्यवहारमै उतार्न सकिने सीप सिकिएको भन्दै अनुभव सुनाएका थिए।

तालिमको समापन कार्यक्रम गाउँपालिका उपाध्यक्ष रेनु कुमारी यादवको प्रमुख आतिथ्यमा सम्पन्न भयो। सिरहा टाइम्स मिडिया प्रा.लि.का अध्यक्ष ओम प्रकाश यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशिक्षक शम्भु चौधरीले समापन सत्र सञ्चालन गरेका थिए। तालिमको प्रशंसा गर्दै राष्ट्रिय समाचार समिति सिरहाका प्रमुख सुदिप राउत, प्रेस मञ्च सिरहाका अध्यक्ष महेश सिंह लगायतले युवामा परिवर्तन ल्याउने यस्ता तालिम आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा लहान टुडेका सम्पादक सितल साह, पत्रकार अशिष साह, अनिल चौधरी, प्रज्वल चौधरी, चन्द्रनारायण चौधरी लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। समापन सत्रमा सहभागी युवायुवतीहरूलाई प्रमाणपत्र वितरणसँगै सम्मानस्वरूप गम्छा ओढाइयो र आकर्षक कालो पिठ्यु झोला प्रदान गरियो।

उपप्रमुख यादवले तालिमबाट युवाहरूको नेतृत्व क्षमतामा उल्लेखनीय सुधार आएको देखिएको बताउँदै प्रशिक्षक र आयोजकप्रति आभार प्रकट गरिन्। उनले यस्ता कार्यक्रम गाउँस्तरमै निरन्तर हुनुपर्ने आवश्यकता पनि औंल्याइन्।

सहभागीहरूको जोश, तालिमको गहिरो प्रभाव र प्रशिक्षकहरूको सक्रियताले कार्यक्रमलाई सफल बनाएको सहभागीहरूको मूल्यांकन रहेको छ। सिरहा टाइम्स मिडिया हाउस प्रा.लि.ले आगामी दिनमा पनि युवामैत्री र क्षमता अभिवृद्धिमूलक कार्यक्रम गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button