मिति:- ४ भाद्र २०८२, बुधबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

महेश्वरी चाैधरी द्वारा उप-प्रमुख रामचलितर महताेलाई कार्यकक्षमै अभद्रव्यहवार सहित धम्कि ।।

सितल साह, लहान , सिरहा ,०८२ साउन १६।। लहान नगरपालिका भित्रको आन्तरिक बिवाद, पदको दुरुपयोग र व्यक्तिगत सम्बन्धका कारण उत्पन्न तनाव अब सार्वजनिक रूपमा सतहमा आएको छ। हालै नगरपालिकामा कार्यरत एक महिला कर्मचारी महेश्वरी चौधरीले उप–प्रमुख तथा कार्यवाहक नगर प्रमुख रामचलितर महतोमाथि कार्यकक्षमै अभद्र ब्यवहार ,दुर्ववहार र धम्कीपूर्ण व्यवहार गरेकी छिन्। घटनाको सिसिटिभि भिडियो सार्वजनिक भएपछि नगरभर यो विषय चुलिएको छ।

घटनाको मूल जड एक अनलाइन समाचारलाई मानिएको छ, जसमा लहान नगरपालिकाका मेयर महेश चौधरीको ‘गर्लफ्रेन्ड’ भन्ने प्रसंग उल्लेख गरिएको थियो। समाचारमा कुनै व्यक्तिको नाम उल्लेख नगरिए पनि महेश्वरी चौधरीले आफूलाई लक्षित गरिएको ठान्दै सो विषयमा कानुनी उजुरीसमेत दिएकी बुझिएकाे छ । उनले उप–प्रमुखलाई “पत्रकारलाई किन इन्टरभ्यु दियौ? लाजसरम छैन तपाईलाई ? म छाेडदीन,”,तपाईले नै गल्फ्रैन्ड बाला समाचार सम्प्रेषण गर्न लगाएकाे हाे जस्ता आरोप लगाउदै उप- प्रमुख महताे माथि खनिएकी थिईन । समाचार बाहिरीए पनि “पत्रकार सम्मेलन किन गरेनौं?” भन्दै खुलेआम कार्यकक्षमै धम्की दिदै चेतावनी दिएकी थिइन्। ‘तँपाईलाई छोड्दिन सम्पुर्ण कर्मचारी लगाएर यस्तो गर्छु , उस्ताे गर्छु भन्ने शैलीमा दिइएको चेतावनीले उनको व्यवहार केवल असान्दर्भिक प्रतिक्रिया नभई योजना अनुसारको आक्रमण भएको आशंका समेत गरिएको छ। महेश्वरी चाैधरीले अँखा छाेपि समाचारमा राखिएकाे फाेटाेकै भरमा यस्ता गतिबिधि गरिएकाे हुन सक्ने स्थानीयहरु बताउछन जुन गलत रहेकाे दाबि समेत गरेका छन ।

महेश्वरी चौधरीको नियुक्तिप्रक्रिया पनि विवादरहित छैन। स्वास्थ्य तथा शिक्षा विज्ञ पदका लागि खुला प्रतिस्पर्धा नगराई मेयरकै बोर्ड बैठकबाट उनलाई नियुक्त गरिएको देखिन्छ। कानुनी रूपमा प्रक्रिया विपरीत मानिएको यो नियुक्तिले चौधरीलाई मेयरको आडमा नगरपालिकामा शक्ति प्रदर्शन गर्न सजिलो बनाएको जस्तो देखिन्छ। यसै सन्दर्भमा जनताबीच प्रश्न उठ्न थालेको छ कि ‘के महेश्वरी चौधरी नै समाचारमा उल्लेख गरिएकी पात्र हुन् त ?’, ‘यदि होइनन् भने किन यति चर्को प्रतिक्रिया?’ र ‘के उनी साँच्चिकै मेयरको नजिक की व्यक्ति हुन्?’

नगरपालिका भित्र हाल मेयर महेश चौधरी र उप–प्रमुख रामचलितर महतोबीचको सम्बन्ध अत्यन्त तनावपूर्ण बन्दै गएको देखिन्छ। पछिल्लो समय पटक पटक र हाल पनि उप–प्रमुखको सरकारी गाडीसमेत खोसिएको, विभिन्न निर्णयबाट उनलाई अलग गरिँदै गएको र सूचना प्रवाहमा अवरोध गरिँदै आएको जनगुनासो छ। यही परिस्थितिमा महिला कर्मचारीद्वारा कार्यकक्षमै देखाइएको यस्तो व्यवहारलाई मेयर पक्षबाट गरिएको योजनाबद्ध आक्रमणका रूपमा पनि लिइएको छ।

नगरबासीहरू अहिले यो विषयमा सामाजिक सञ्जालदेखि चोकचौतारासम्म खुला रूपमा बहस गरिरहेका छन्। उनीहरू भन्छन्, ‘कसले दियो यस्तो शक्ति महेश्वरी चाैधरीलाई?’, ‘के उनी साँच्चिकै अनलाई समाचारमा प्रसारण गरीएकाे गुमनाम पात्र हुन् त ?’ ‘सावर्जनिक पदमा बसेको कर्मचारीबाटै जननिर्वाचित उप–प्रमुखमाथि कार्यकक्षमै यस्तो व्यवहार हुनु लोकतन्त्रप्रति अपमान हो।’ यस्तो घटनाले नगरपालिकाको गरिमा मात्र होइन, स्थानीय सरकारप्रतिको जनविश्वासमा पनि गहिरो चोट पुगेको छ।

नगरपालिकाको नेतृत्व तहमा देखिएको व्यक्तिगत अहं, गुटबन्दी र पदको दुरुपयोगले नगरको समग्र विकास र जनताको सेवा प्रभावित बनिरहेको छ। यस्तो अवस्थामा अब निष्पक्ष छानबिन, सत्यतथ्यको सार्वजनिक खुलासा र जिम्मेवार व्यक्तिहरूमाथि स्पष्ट कारबाही अपरिहार्य भइसकेको छ। नत्र लहान नगरपालिका एक गम्भीर संस्थागत संकटमा फँस्ने खतरा बढ्दै गएको देखिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button