मिति:- २७ जेष्ठ २०८२, सोमबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

उपेन्द्र यादवद्वारा तौलिहवामा जसपा नेपालको जिल्ला अधिवेशन उद्घाटन


कपिलवस्तु, जेष्ठ २३ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को कपिलवस्तु कार्यसमितिको एकताको पहिलो जिल्ला अधिवेशन आज तौलिहवामा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका छन्।

जिल्लाको तौलिहवामा आयोजित विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका अध्यक्ष यादवले पानसमा बत्ती बालेर अधिवेशनको औपचारिक उद्घाटन गरेका हुन्। यससँगै कपिलवस्तुमा पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि महत्त्वपूर्ण अधिवेशन सुरु भएको छ।

पछिल्लो समय जसपा नेपालले देशभरि संगठन निर्माण र पुनर्गठनको अभियान तीव्र पारिरहेको सन्दर्भमा कपिलवस्तुको जिल्ला अधिवेशनले जनस्तरमा पार्टीको उपस्थिति सशक्त बनाउने र संगठन विस्तारलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएको बताइएको छ।

‘संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद’ भन्ने मूल नारासहित सुरु गरिएको यस अधिवेशनले संगठन सुदृढीकरण, नीति–रणनीति निर्माण, र स्थानीय नेतृत्व विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यसअघि बाँके र बर्दियामा जिल्ला अधिवेशनको उद्घाटन गरिसकेपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित पार्टीको केन्द्रीय नेतृत्व शुक्रबार बिहान नेपालगञ्ज हुँदै तौलिहवा आएका थिए।

अध्यक्ष यादवसँगै केन्द्रीय महासचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्मा, राष्ट्रिय सभा सदस्य खालिद सिद्दिकी, लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादव लगायतका केन्द्रीय नेताहरू अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

अधिवेशनमा कपिलवस्तु जिल्लाका विभिन्न स्थानीय तहका प्रतिनिधिहरू, पार्टी कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय नागरिकको उल्लेख्य उपस्थिति देखिएको छ। कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू, नेताहरूका मन्तव्य र आगामी संगठनात्मक योजनाहरूको चर्चा हुने जनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button