मिति:- ३२ जेष्ठ २०८२, शनिबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

सिरहामा नक्कली पत्रकारको नाममा ठगी र धम्की: महासंघद्वारा कडा चेतावनी

सितल साह , लहान,सिरहा, २०८२ जेठ ४ – सिरहा जिल्लामा केही व्यक्तिहरूले आफूलाई पत्रकारको रूपमा परिचय गराउँदै सरकारी तथा गैरसरकारी कार्यालय, व्यापारिक संस्था, प्रहरी चौकी, होटल र लजहरूमा धाकधम्की दिने, पैसा असुली गर्ने र जबरजस्ती पत्रकार सम्मेलन गराई दिने जस्ता आपराधिक गतिविधि गरिरहेको गुनासो नेपाल पत्रकार महासंघ सिरहा शाखामा पुगेको छ।

नेपाल पत्रकार महासंघ (FNJ) सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता गैरपत्रकार तत्वहरूको क्रियाकलाप प्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। विज्ञप्तिमा उल्लेख भएअनुसार ती व्यक्तिहरूले आफू महासंघसँग आबद्ध रहेको झूठो दाबी गर्दै, महासंघका पदाधिकारीहरू आफ्नो दाइ, काका वा मामा भएको भन्दै सामाजिक भ्रम फैलाइरहेका छन्।

महासंघले यस्ता कार्यहरू पत्रकारिता पेशाको मर्यादा र विश्वसनीयतामाथि प्रहार भएको ठहर गर्दै, सर्वसाधारण, सरकारी निकाय र सरोकारवालाहरूलाई यस्ता तत्वहरूबाट सावधान रहन अपिल गरेको छ।

महासंघले यदि यस्ता व्यक्तिहरू फेला परेमा वा त्यस्ता कार्य देखिएमा तुरुन्त नजिकको प्रहरी कार्यालय वा पत्रकार महासंघ सिरहा शाखालाई जानकारी गराउन आग्रह गरेको छ। साथै, यस्ता अवैध र अनैतिक कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

यस घटनाले स्थानीय स्तरमा पत्रकारिता पेशामा देखिएको अव्यवस्था र निगरानी अभावको पनि संकेत दिएको छ। पत्रकार महासंघको यो चासोले वास्तविक पत्रकारको पहिचान सुरक्षित राख्न र गलत अभ्यासविरुद्ध सशक्त कदम चाल्न प्रेरणा दिने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button