मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
उधघाटनपत्रकार सम्मेलनसमाचारस्थानीय खबर

लहानमा मारवाड़ी सेवा सदनदेखि सिंगराही हाईवे जोड्ने कालोपत्रे सडकको शिलान्यास।

लहान नगरपालिकाको वडा नं.०७ काे मारवाड़ी सेवा सदनदेखि सिंगराही हाईवे जोड्ने सडक अब कालोपत्रे हुने भएको छ।

सितल साह , फाल्गुन २९ , लहान, सिरहा – लहान नगरपालिकाको वडा नं.०७ काे मारवाड़ी सेवा सदनदेखि सिंगराही हाईवे जोड्ने सडक अब कालोपत्रे हुने भएको छ। नगरपालिकाले यस सडक सुधारका लागि रु. ३ करोड २१ लाख ९४ हजार ७६६ (भ्याटसहित) को बजेट विनियोजन गरेको छ। उक्त योजनाको शिलान्यास लहान नगरपालिकाका मेयर महेश चौधरी र वडा नम्बर ७ का अध्यक्ष रामअवतार शर्माले संयुक्त रूपमा गरेका छन्।

सम्झौता अनुसार, यो सडक निर्माण २०८३ साल असार २० भित्र सम्पन्न गरिनेछ। निर्माण कार्यको जिम्मा लहान-०१ स्थित मा पोखरिया निर्माण सेवा नामक ठेकेदार कम्पनीलाई दिइएको छ। निर्माण कम्पनीका प्रतिनिधिहरूले तोकिएको मिति भित्रै गुणस्तरीय काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।

शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पत्रकार, समाजसेवी तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति थियो। नगरवासीहरू नयाँ सडक निर्माण हुने खबरले उत्साहित देखिए। स्थानीय बासिन्दाहरूले यस निर्णयको स्वागत गर्दै नगर प्रमुख महेश चौधरी र वडा अध्यक्ष शर्मालाई धन्यवाद दिएका छन्।

यो सडक सुधार भएपछि लहान क्षेत्रका नागरिकलाई सुरक्षित र सहज यात्रा गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। स्थानीयहरूले निर्माण कार्य समयमा पूरा गर्नुपर्नेमा जोड दिँदै गुणस्तरीय सामग्रीको प्रयोग गर्न आग्रह गरेका छन्।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker