मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
पत्रकार सम्मेलनपत्रपत्रिकामुख्य-समाचारसमाचारस्थानीय खबर

मन्त्री यादवको अभिव्यक्तिप्रति पत्रकार महासंघ र प्रेस मञ्च नेपालको कडा आपत्ति।।

मधेस सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले पत्रकारहरूलाई लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ मधेस प्रदेश समिति र प्रेस मञ्च नेपाल मधेस प्रदेश समितिले कडा आपत्ति जनाएका छन्।

सितल साह , सिरहा , २१ फागुन २०८१ – मधेस सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले पत्रकारहरूलाई लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ मधेस प्रदेश समिति र प्रेस मञ्च नेपाल मधेस प्रदेश समितिले कडा आपत्ति जनाएका छन्।

२० फागुनमा जनकपुरधाममा आयोजित प्रादेशिक ललितकला प्रदर्शनी २०८१ को उद्घाटन समारोहमा मन्त्री यादवले केही पत्रकारहरूले विज्ञापन तथा योजना माग्ने, नदिए धम्क्याउने र विरोधमा समाचार लेख्ने गरेको आरोप लगाएका थिए। महासंघ र प्रेस मञ्च नेपालले बुधबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै मन्त्रीको अभिव्यक्ति प्रेस स्वतन्त्रता विपरीत भएको बताएका छन्।

महासंघका महासचिव शैलेन्द्र महतो क्रान्तिले यदि कसैले पत्रकारिता पेशाको दुरुपयोग गरिरहेको छ भने मन्त्रीले प्रमाणसहित नाम सार्वजनिक गर्नुपर्ने बताएका छन्। प्रमाणबिना सम्पूर्ण पत्रकारितामाथि शंका गर्नु निन्दनीय रहेको उनको भनाइ छ।

प्रेस मञ्च नेपाल मधेस प्रदेश समितिका उपाध्यक्ष रामहृदय यादवले सञ्चारमाध्यम लोकतन्त्रको अभिन्न अंग भएको र कुनै पनि सार्वजनिक पदमा बसेर पत्रकारिता क्षेत्रलाई दबाब दिने वा धम्क्याउने कार्य अस्वीकार्य रहेको बताएका छन्।

महासंघ र प्रेस मञ्च दुवैले मन्त्री यादवलाई आफ्नो अभिव्यक्तिबारे स्पष्ट गर्न आग्रह गरेका छन्। साथै, यस्ता गैर-जिम्मेवार अभिव्यक्तिहरू नदोहोऱ्याउन चेतावनी दिँदै स्वतन्त्र पत्रकारिताको रक्षा गर्न सबै पक्षलाई सचेत रहन अनुरोध गरेका छन्।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker