मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
खेलकुदशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

उपमेयर कप क्रिकेट: लहान २४ को उत्कृष्ट प्रदर्शन, लहान २३ लाई २६ रनले पराजित”

सिरहाको लहानस्थित पशुपति मावि खेल मैदानमा जारी "उपमेयर कप" दोस्रो डे-नाइट क्रिकेट टुर्नामेन्ट प्रतियोगितामा सोमबार लहान २४ ले लहान २३ लाई २६ रनले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ।

 

सितल साह , सिरहा , लहान , फाल्गुन ०५ ।। सिरहाको लहानस्थित पशुपति मावि खेल मैदानमा जारी “उपमेयर कप” दोस्रो डे-नाइट क्रिकेट टुर्नामेन्ट प्रतियोगितामा सोमबार लहान २४ ले लहान २३ लाई २६ रनले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ।

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको लहान २४ ले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३२ रन बनायो। टिमका ब्याट्सम्यानहरूले संयमित प्रदर्शन गर्दै विपक्षी टिमलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएका थिए।

१३३ रनको लक्ष्यसहित ब्याटिङ गर्न आएको लहान २३ टिमको प्रदर्शन अपेक्षाकृत कमजोर रह्यो। निर्धारित २० ओभर खेल्दा उनीहरूले ९ विकेट गुमाउँदै मात्र १०७ रन बनाउन सके। लहान २४ का बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षी टोलीलाई दवाबमा राखे।

यो जितसँगै लहान २४ प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ। खेल मैदानमा उपस्थित दर्शकहरूले दुवै टिमको खेल प्रदर्शनको प्रशंसा गरेका थिए। प्रतियोगिता अझ रोमाञ्चक हुँदै गइरहेको छ, र आउँदा खेलहरू थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker