मिति:- २२ जेष्ठ २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

धार्मिक तथा सामाजिक रूपले सक्रिय राम रति देवी यादवको निधन, गाउँ शोकमग्न

नेपाल कम्युनिस्ट पार्टी (एमाले) की मधेस प्रदेश सदस्य तथा उद्योग वाणिज्य संघ सिरहा लहानकी सदस्य रिता यादवकी आमा राम रति देवी यादवको ८७ वर्षको उमेरमा निधन भएको छ।

धार्मिक तथा सामाजिक रूपले सक्रिय राम रति देवी यादवको निधन, गाउँ शोकमग्न

सप्तरी फाल्गुन ०५  – नेपाल कम्युनिस्ट पार्टी (एमाले) की मधेस प्रदेश सदस्य तथा उद्योग वाणिज्य संघ सिरहा लहानकी सदस्य रिता यादवकी आमा राम रति देवी यादवको ८७ वर्षको उमेरमा निधन भएको छ।

धार्मिक कार्यमा सक्रिय रहँदै आएकी मृतक यादव सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका-१, मलहनियाँ बरकीटोलकी स्थायी बासिन्दा थिइन्। करिब २२ वर्षदेखि धार्मिक गतिविधिमा संलग्न उनी स्थानीय राम जानकी मन्दिरको संरक्षणमा सक्रिय थिइन्। करिब एक वर्षदेखि अस्वस्थ रहँदै आएकी उनलाई परिवारले लामो समय उपचार गराए पनि स्वास्थ्य लाभ हुन सकेन।

उनको निधनले गाउँ नै शोकमग्न बनेको छ। अन्तिम श्रद्धाञ्जलीका लागि गाउँले, राजनीतिक तथा धार्मिक व्यक्तित्वहरू राम जानकी मन्दिर परिसरमा भेला भएका थिए। केही समयअघि मन्दिरका पूजारीको निधन भएको अवस्थामा फेरि एक धार्मिक महिलाको मृत्युले गाउँमा शोकको वातावरण छाएको छ।

मृतक यादवको पार्थिव शरीरलाई राम जानकी मन्दिरसँगै रहेको पोखरीको डिलमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो। जेठो छोरा तथा पूर्व वडा अध्यक्ष राम नारायण यादव अधिन्धरले दागबत्ती दिएका छन्।

राम रति देवी यादवका चार छोरा राम नारायण यादव अधिन्धर, सत्यनारायण यादव, बिरेन्द्र कुमार यादव, र स्वर्गीय उपेन्द्र यादव छन् भने चार छोरी इनर देवी यादव, सुन्दर देवी यादव, रिता देवी यादव, र स्वर्गीय गीता देवी यादव रहेका छन्। आमाको निधनले प्रदेश सदस्य रिता यादव र पूर्व वडा अध्यक्ष राम नारायण यादव गहिरो शोकमा छन्।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker