मिति:- २२ जेष्ठ २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
उधघाटनसमाचारस्थानीय खबर

ब्रह्माकुमारी राजयोग पाठशाला लहान-२४, गोविन्दपुरको ८ औं वार्षिकोत्सव सम्पन्न

सिरहाकाे लहान-२४, गोविन्दपुरमा रहेकाे ब्रह्माकुमारी राजयोग पाठशालाकाे ८ औं वार्षिकोत्सव भव्यतासाथ सम्पन्न भएको छ।

सितल साह , सिरहा ,पाैष २८ ।। सिरहाकाे लहान-२४, गोविन्दपुरमा रहेकाे ब्रह्माकुमारी राजयोग पाठशालाकाे ८ औं वार्षिकोत्सव भव्यतासाथ सम्पन्न भएको छ। यस विशेष अवसरमा आन्तरिक शान्ति र वैश्विक सद्भावको प्रवचन तथा शिव झण्डा तोलन, कलश यात्रा कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न विशिष्ट अतिथिहरु र स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो, जसले यस कार्यक्रमलाई विशेष र अविस्मरणीय बनाएको थियो।

कार्यक्रमको प्रारम्भ विहानको ८ बजे शान्तियात्रा बाट भएको थियो। यस शान्तियात्रामा लहान र आसपासका स्थानबाट हजारौं लोगहरु सहभागी भएका थिए। यस यात्राले शान्ति र सद्भावको सन्देश फैलाउने उद्देश्य राखेको थियो। शान्तियात्रा पछि प्रवचन कार्यक्रमको आयोजना गरिएको थियो, जसमा ब्रह्माकुमारी सृजना दिदीले आन्तरिक शान्ति र वैश्विक सद्भावको महत्वलाई व्याख्या गर्दै उपस्थित सबैलाई आत्म-साक्षात्कार र साधनाको महत्त्वबारे जानकारी दिनुभयो।

कार्यक्रमको सभाअध्यक्षका रूपमा ब्रह्माकुमारी सृजना दिदीले कार्यक्रमलाई सञ्चालन गर्नुभएको थियो। प्रमुख अतिथिको रूपमा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री माननीय श्री त्रिभुवन साहा ज्यू, विशिष्ट अतिथिहरु लाहान नगरपालिकाका उपमेयर आदरणीय श्री राम चलितर महतो ज्यू, वडा नं. २४ का वडा अध्यक्ष आदरणीय श्री रासलाल राय राजपुत ज्यू लगायत अन्य अतिथिहरु उपस्थित हुनुहुन्थ्यो। साथै, स्थानीय समुदायका प्रमात्मा प्रेमी बुद्धिजीवी राजनितीकर्मि , समाजसेबिहरु पनि कार्यक्रमका महत्वपूर्ण भाग बनेका थिए।

प्रवचन कार्यक्रमको अन्तिम सत्रमा ब्रह्माकुमारी सृजना दिदीले ब्रह्माकुमारी राजयोग पाठशालाको उद्देश्य र यसको समाजमा पुर्याउने योगदानलाई स्पष्ट पार्नुभयो। उहाँले ध्यान र साधनाका माध्यमबाट आन्तरिक शान्ति प्राप्त गर्ने तरिका र यसका फाइदाबारे उपस्थितलाई विशेष जानकारी दिनुभयो।

कार्यक्रमको समापनमा अतिथिहरुले शान्ति र सद्भावको सन्देशलाई आफ्नो जीवनमा आत्मसात गर्नुपर्ने आवश्यकता व्यक्त गरे। कार्यक्रममा सहभागि सबैले भविष्यमा यस्ता कार्यक्रमहरु निरन्तर आयोजना गर्दै समाजमा शान्ति र सद्भाव फैलाउनको लागि काम गर्नुपर्नेमा जोड दिएका थिए।

यस कार्यक्रमले लहान-२४ र आसपासका क्षेत्रका मानिसहरुमा गहिरो प्रभाव छोड्न सक्ने विश्वास व्यक्त गरिएको छ, र यसले स्थानीय समुदायलाई एकताबद्ध र शान्तिपूर्ण समाज निर्माणमा योगदान पुर्याउने मार्गदर्शन गर्ने अपेक्षासमेत गरिएको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker