मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधमुख्य-समाचारसमाचारस्थानीय खबर

मधेशी आयोगद्वारा नश्लीय विभेद विरुद्ध कडा आपत्ति, तत्काल कारबाहीको माग।।

मधेशी आयोगले नेपाल प्रिमियर लिग (NPL) अन्तर्गत २०८१ मंसिर ४ गते सम्पन्न क्वालिफायर-२ (जनकपुर बोल्ट्स VS कर्णाली याक्स) को खेलमा जनकपुर बोल्ट्सका खेलाडीहरू विरुद्ध गरिएको नश्लीय, साम्प्रदायिक, र रंगभेदी अभद्र व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ।

सितल साह पाैष -६ , लहान , सिरहा ।। मधेशी आयोगले नेपाल प्रिमियर लिग (NPL) अन्तर्गत २०८१ मंसिर ४ गते सम्पन्न क्वालिफायर-२ (जनकपुर बोल्ट्स VS कर्णाली याक्स) को खेलमा जनकपुर बोल्ट्सका खेलाडीहरू विरुद्ध गरिएको नश्लीय, साम्प्रदायिक, र रंगभेदी अभद्र व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ। आयोगले सो कार्यलाई अत्यन्त निन्दनीय र मुलुकको कानूनविपरीतको दण्डनीय अपराध ठहर गरेको छ।

आयोगका अनुसार खेलको क्रममा केही अराजक समूहले जनकपुर बोल्ट्सका खेलाडीहरूलाई अपमानजनक नाराबाजी गर्दै विभेदकारी गतिविधि प्रदर्शन गरेका थिए। यस घटनालाई राज्यका सुरक्षा निकायहरूले बेवास्ता गर्नु दुर्भाग्यपूर्ण भएको आयोगले बिज्ञप्तिमा उल्लेख गरेको छ।

संविधान र कानूनले यस्ता विभेदकारी सोच र व्यवहारलाई प्रतिबन्ध लगाएर दण्डनीय बनाएको भए पनि व्यवहारमा अझै यस्ता गतिविधि भइरहने अवस्थाले समाजमा गम्भीर समस्या उत्पन्न गरिरहेको आयोगको ठम्याइ छ।

आयोगले राज्यलाई ती अपराधीहरूलाई तुरुन्तै कानूनी दायरामा ल्याउन आग्रह गर्दै गृह प्रशासनमा औपचारिक सिफारिस समेत गरिसकेको छ। साथै, सबैलाई संयमित रहन अपिल गर्दै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई जिम्मेवार बन्न आग्रह गरिएको छ।

“यस्ता विभेदकारी सोचले मुलुकको एकता र निर्माणमा अवरोध पुर्‍याउँछ, त्यसैले यस्ता गतिविधिलाई रोक्न तुरुन्त कारबाही आवश्यक छ,” आयोगको विज्ञप्तिमा भनिएको छ।

 

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker