मिर्चैयामा Hero Xtreme माेटरसाईकल 160R 4V र 125R का नयाँ मोडेल लन्च।।
सिरहा जिल्लाको मिर्चैया बजारस्थित अल्फा क्रीएटिभ इन्टरप्राइजेज, सीजी मोटर्स शोरुमले Hero Xtreme 160R 4V र Xtreme 125R का दुई नयाँ मोटरसाइकल मोडेल भव्य समारोहका बीच सार्वजनिक गरेको छ।
सितल साह , पाैष -४ , सिरहा,मिर्चैया ।। सिरहा जिल्लाको मिर्चैया बजारस्थित अल्फा क्रीएटिभ इन्टरप्राइजेज, हिराे सीजी मोटर्स शोरुमले Hero Xtreme 160R 4V र Xtreme 125R का दुई नयाँ मोटरसाइकल मोडेल भव्य समारोहका बीच सार्वजनिक गरेको छ। यो कार्यक्रम Hero MotoCorp को नेपालभर रहेका शोरुमहरूमा एकसाथ आयोजित लन्च सेरेमनीसँगै सञ्चालन गरिएको हो।
मिर्चैया शोरुमका सञ्चालक श्रवण साहका अनुसार, यी मोटरसाइकलले ग्राहकहरूको आधुनिक आवश्यकता र मागलाई ध्यानमा राखेर डिजाइन गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि मिर्चैया न.पा वडा नं.- ५ का वडा अध्यक्ष प्रदीप साह हुनुहुन्थ्यो भन्ने बिशिस्ट अतिथिहरुमा स्थानीय व्यवसायी, विभिन्न बैंकका म्यानेजर, मधेश प्रदेश प्रेस मञ्चका अध्यक्ष अभरेन्द्र यादव, बुद्धिजीवी, व्यापारी, राजनीतिज्ञ, र पत्रकारहरूको लगायतका बौद्धिक ब्याक्तित्वहरुकाे उल्लेखनीय उपस्तिथि रहनुभएकाे थियो। नयाँ मोडेल लन्चसँगै यी मोटरसाइकलहरू शोरुममा बिक्रीका लागि उपलब्ध गराइएको छ।
Hero Xtreme 160R 4V र Xtreme 125R ले नेपालमा दुईपांग्रे सवारीसाधनको बजारलाई नयाँ उचाइमा पुर्याउने उद्देश्य लिएका छन्। अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन, र उच्च प्रदर्शनसहित यी मोटरसाइकलले आधुनिक राइडरहरूको चाहना पूरा गर्न केन्द्रित छन्।
Xtreme 160R 4V
Hero Xtreme 160R 4V मोटरसाइकल १६३ सीसीको ४-भल्भ इन्जिनमा आधारित छ। यसले ८५०० आरपीएममा १६.९ पीएस पावर र ६५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्ने क्षमता राख्दछ। यसको वजन मात्र १४५ किलो रहेकोले सजिलै मोड्न र चलाउन सकिने सुविधा प्रदान गर्दछ। यो मोटरसाइकल ०-६० किमी प्रतिघण्टा गति केवल ४.४१ सेकेन्डमा पुर्याउन सक्षम छ।
यसको डिजाइन मस्कुलर र एरोडायनामिक छ, जसमा विडलेट, रोबोटिक हेडल्याम्प, अन्डर काउल, र हगर फेन्डरको व्यवस्था गरिएको छ। प्रविधिका हिसाबले फुल एलईडी लाइटिङ प्याकेज, ब्लुटुथ कनेक्टिभिटी, र गियर पोजिशन इन्डिकेटरसहितको इन्भर्टेड स्पीडोमिटर जस्ता फिचरहरूले यसलाई अझै उत्कृष्ट बनाएको छ। यसको मूल्य रु. ३,८४,९०० निर्धारण गरिएको छ।
Xtreme 125R
Hero Xtreme 125R ले १२५ सीसी सेग्मेन्टमा नयाँ मानक स्थापित गर्दै शक्तिशाली ११.४ बीएचपी इन्जिनसहितको उत्कृष्ट प्रदर्शन प्रदान गर्दछ। यो मोटरसाइकलले ०-६० किमी प्रतिघण्टा मात्र ५.९ सेकेन्डमा पुर्याउन सक्छ।
यसमा प्रोजेक्टर एलईडी हेडलाइट, एलईडी टर्न सिग्नल, र सिग्नेचर एलईडी टेललाइटजस्ता विशेषताहरू छन्। सुरक्षा सुविधाका लागि सिंगल च्यानल एबीएस, २७६ एमएम फ्रन्ट डिस्क ब्रेक, र हाजार्ड लाइटको व्यवस्था गरिएको छ। यस मोडेलको सीबीएस भेरियन्टको मूल्य रु. २,८९,९०० र एबीएस भेरियन्टको मूल्य रु. ३,११,९०० तोकिएको छ।
Hero MotoCorp का कार्यकारी उपाध्यक्ष सञ्जय भानले एक प्रेस नाेट जारी गरि नयाँ मोडेलहरूले नेपाली ग्राहकहरूको बदलिँदो आवश्यकता पूरा गर्ने विश्वास व्यक्त गरे। चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यी मोटरसाइकलले नेपालको आधुनिक यातायातको क्षेत्रमा नयाँ उचाइ थप्ने बताए।
नयाँ मोडेल सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा शोरुमका सञ्चालक साहले उपस्तिथि सबैमा उच्च सम्मान र मायाकाे चिनाे प्रदान गर्दै सम्पूर्ण ग्राहकलाई शोरुममा भ्रमण गरी मोटरसाइकलहरूको विशेषताबारे जानकारी लिन र सिट सुरक्षित गर्न आग्रह गरे। Hero MotoCorp को नवप्रवर्तनशील प्रविधि र चौधरी ग्रुपको बलियो बजार व्यवस्थापनले नेपालमा Hero ब्रान्डलाई थप उचाइमा पुर्याउने विश्वास लिइएको छ।