काली मन्दिरका पुजारीमाथि निराधार आरोपको विरुद्ध पत्रकार सम्मेलन, मन्दिरको पवित्रता संरक्षणको माग ।।
सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–५, गोठ चौकस्थित काली मन्दिरका पुजारी दुखी ठाकुरले आफ्नो सन्देश सार्वजनिक गर्न आज मन्दिर परिसरमै पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
कार्तिक ११, सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–५, गोठ चौकस्थित काली मन्दिरका पुजारी दुखी ठाकुरले आफ्नो सन्देश सार्वजनिक गर्न आज मन्दिर परिसरमै पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
धार्मिक आस्थाको केन्द्र मानिने काली मन्दिरमा भक्तजनहरू भाकल पूरा भएपछि स्वेच्छाले भेटी र दान गर्ने परम्परा रहेको छ । लामो समयदेखि निःशुल्क पूजापाठ गर्दै आएका पुजारी ठाकुरलाई केही व्यक्तिले मानसिक तनाव दिने गरेको र आधारहीन आरोप लगाउँदै आएको बताइएको छ ।
पुजारी ठाकुरले आरोपहरूको खण्डन गर्दै मन्दिरमा आउने भक्तजनहरूबाट जबरजस्ती कुनै दान वा भेटी नलिएको स्पष्ट पार्दै आए । दुःख र संकटमा परेका भक्तजनहरूको धार्मिक भावनामा सहयोग पुर्याउने उद्देश्यले मन्दिरमा नियमित पूजापाठ गर्दै आएको ठाकुरले बताए ।
२० वर्षदेखि काली मन्दिरमा पूजा–अर्चना गर्दै आएका ठाकुर एक धार्मिक व्यक्तित्व हुन्, जसले नेपालको संविधानअनुसार आफ्नो धर्मको रक्षा गर्न पाउने अधिकारको अभ्यास गर्दै आएका छन् । ठकुरका अनुसार, मन्दिरप्रति बढ्दो जनआकर्षण र विश्वासका कारण केही व्यक्तिहरूले व्यक्तिगत रिसिबी साध्न गलत हल्ला फैलाउन थालेपछि आफूले सत्य उजागर गर्न पत्रकार सम्मेलनको सहारा लिनु परेको बताए ।
उक्त पत्रकार सम्मेलनमा एक स्थानीय पत्रकारले पुजारीसँग २० हजार रुपैयाँ लिएको आरोप लगाउँदै फिर्ताको मागसमेत गरेका छन्, जसले मन्दिरको पवित्रता र धार्मिक आस्थामाथि प्रश्नचिन्ह खडा गरेको छ ।
धार्मिक र सांस्कृतिक धरोहरको रूपमा रहेको काली मन्दिरको पवित्रता कायम राख्न र यसको संरक्षण गर्न आजको आवश्यकता महशुस गरिएको छ ।