मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधआर्थिकलागूऔषधसमाचारस्थानीय खबर

सिरहामा अवैध रुपमा ल्याउँदै गरेको सामान सहित अटो चालक पक्राउ

सिरहा, २०८१ साउन ३१ - जिल्ला सिरहाको बरियारपट्टी गाउँपालिका वडा नं. ३ कटनियामा अवैध रुपमा भारतबाट सामान ल्याउँदै गरेका एक अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिरहा, २०८१ साउन ३१ – जिल्ला सिरहाको बरियारपट्टी गाउँपालिका वडा नं. ३ कटनियामा अवैध रुपमा भारतबाट सामान ल्याउँदै गरेका एक अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मधेश प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले स.१ ह. ३१७३ नम्बरको अटोमा अवैध रुपमा ल्याइएका सामानहरू फेला पारेपछि इलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहालाई जानकारी गराइएको थियो।प्रहरी टोलीको कमाण्ड प्र.स.नि. दिनेश यादवले गर्दै उक्त अटो, चालक, र सामानहरू नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि माडर भन्सार कार्यालय सिरहामा बुझाइएको जानकारी दिएको छ।

पक्राउ परेका व्यक्ति सिरहा जिल्ला, सुखिपुर नगरपालिका वडा नं. ८ का ३८ वर्षीय ब्रहमदेव पुर्वे हुन्।वरामद गरिएको सामानहरूमा ३ काटुन राग तेल, ७ बोरा (३५० के.जी.) चिनी, ३ प्याकेट रजनिगन्धा, र स.१ह. ३१७३ नम्बरको अटो रहेका छन्। उक्त सामानहरूको कुल मूल्य करिब १,४३,८०० रुपैयाँ रहेको छ।जिल्ला प्रहरी कार्यालय सिरहाले अवैध तस्करी नियन्त्रणमा आफ्नो सक्रियता बढाउँदै गएको जनाएको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker