दुर्घटनासमाचारस्थानीय खबर
काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खस्यो।।
काठमार्डौबाट रौतहट जिल्लाको गौर आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।
असार २८ , सिरहा ।। काठमार्डौबाट रौतहट जिल्लाको गौर आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।
चितवनका प्रमुख जिल्ला अधिकारि ईन्द्रदेव यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ।
ती बसमा चालकसहित ६३ रहेका बताइएको छ । बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक नवलपरासीको सुनवल नगरपालिका–४ निवासी ३६ वर्षीय मेगनाथ बि.क.को मृत्यु भएको छ । त्यहाँ अहिले पनि पानि परिरहेको र प्रजिअ यादब ले उद्धारको काम थालिएको बताउनु भएकाे छ।
।