मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधमुख्य-समाचारसमाचारस्थानीय खबर

बस्तिपुर माविका प्र.अ.देबेन्द्र यादव द्वारा दिवा खाजा प्रकरणमा पत्रकारमाथि दुर्व्यवहार।

लहान-१४ स्थित बस्तिपुर माध्यमिक विद्यालयमा दिवा खाजा सम्बन्धी रिपोर्टिङ गर्न गएका लहान टुडे राष्ट्रिय दैनिकका सम्पादक पत्रकार सितल कुमार साहमाथि विद्यालयका प्रधानाध्यापक देबेन्द्र यादवले दुर्व्यवहार गरेका छन्।

 

लहान-१४ स्थित बस्तिपुर माध्यमिक विद्यालयमा दिवा खाजा सम्बन्धी रिपोर्टिङ गर्न गएका लहान टुडे राष्ट्रिय दैनिकका सम्पादक पत्रकार सितल कुमार साहमाथि विद्यालयका प्रधानाध्यापक देबेन्द्र यादवले दुर्व्यवहार गरेका छन्।

सूचना अनुसार, विद्यालयमा विद्यार्थीहरूलाई एक हप्ता पुरानो बासी बुनिया खुवाइएको गुनासो आएपछि पत्रकार साह सो विषयमा रिपोर्टिङ गर्न विद्यालय पुगेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई जानकारी गराई विद्यालय पुगेका पत्रकारलाई प्रधानाध्यापक यादवले दुर्व्यवहार गरेको बताइएको छ।

एक समय शिक्षाको लागि चर्चित मानिएको बस्तिपुर मावि हाल आएर शैक्षिक गुणस्तरमा निकै खस्किएको छ। शिक्षक समयमा उपस्थित नहुने, पढाइको स्तर कमजोर हुँदै गएको, विद्यालय प्रशासन मनोमानी ढंगले सञ्चालन भइरहेको भन्दै स्थानिय तहबाट चौतर्फी आलोचना भइरहेको छ।

माघ २० गते नै सरस्वती पूजाका लागि बनाइएको बुनिया माघ २४ गते विद्यार्थीहरूलाई दिवा खाजाका रूपमा खुवाइएको थियो। सो घटनाको रिपोर्टिङ गर्न खोज्दा प्रधानाध्यापक यादवले पत्रकार साहलाई दुर्व्यवहार गरेका हुन्।

सञ्चार जगतमा आक्रमण सह्य नहुने भन्दै पत्रकार महासंघ, स्थानीयबासी तथा अभिभावकहरूले प्रधानाध्यापक यादवमाथि कडा कारबाहीको माग गरेका छन्। सम्बन्धित निकायले छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने माग गर्दै सरोकारवाला पक्षलाई गम्भीर ध्यानाकर्षण गराएका छन्।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker