मिति:- २२ जेष्ठ २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधसमाचारस्थानीय खबर

सिरहा प्रहरी द्वारा लाखौंको अबैध पटका बरामद।।

दशैं सकिए लगतै दिपावली,छठको रौनक यतिखेर मधेश लगायत देशैभरि हर्सौल्लासका साथ मनाउने गरेको बेला  सिरहाको धनगढीमाई न पा ११ छापराड़ी स्थित वेवारिसे अवस्थामा फेला पारेका छन।

ओम प्रकाश यादव,कार्तिक १४, सिरहा ।। दशैं सकिए लगतै दिपावली,छठको रौनक यतिखेर मधेश लगायत देशैभरि हर्सौल्लासका साथ मनाउने गरेको बेला  सिरहाको धनगढीमाई न पा ११ छापराड़ी स्थित वेवारिसे अवस्थामा रहेको लाखौको प्रतिवन्धित विष्फोटक पदार्थ पाटाका बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक एवम प्रहरी प्रवक्ता रविन्द्र राज पाण्डेका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका ११ छपराडी चोकको बाटोछेउमा बेवारीसे अवस्थामा रहेको ५ वटा बोरा कोब्रा पटाका बरामद भएको छ ।

बेवारिसे अवस्थामा रहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट प्रहरी नायव निरिक्षक सुनिल कुमार सिंहको कमाण्डमा खटिएको टोलिले कोब्रा नामको पटाका ५ वटा प्लाष्टिकको बोरामा रहेको पटाका बरामद गरेको छ।  पटाका कसले किन छोडेर गएको भन्ने विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक एवम प्रहरी प्रवक्ता पाण्डले जानकारी दिनुभयो ।

सिरहा प्रहरीको सकृयताले पछिल्ला दिनहरुमा भारतीय सीमाक्षेत्रबाट निर्वाधरुपमा तस्करहरुले ल्याएका सामान राजमार्गक्षेत्रबाट बरामद हुने गरेको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker