लहान २४ काे मलहनमामा ५० लाख बजेट दिदै मेयर चौधरी ।।।
सिरहाको लहान नगरपालिका वडा नं २४ मा रहेको गोविन्दपुर मलहनमामा पुगेर लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले लहान नगर बिकास कोषबाट ५० लाख बजेट दिने घोषणा गर्नु भएको छ ।
जनता खबर , भदौ ७ लहान । सिरहाको लहान नगरपालिका वडा नं २४ मा रहेको गोविन्दपुर मलहनमामा पुगेर लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले लहान नगर बिकास कोषबाट ५० लाख बजेट दिने घोषणा गर्नु भएको छ ।
लहानको दुर्गम क्षेत्रका रूपमा रहेको खप्टे डाँडा पछिको विकासमा पछि परेको उक्त ठाँउमा विकासको लागि मेयर चौधरीले घोषणा गरेपछि स्थानिय खुशी भएका छन ।
लहान नगर प्रमूख चौधरीले बिहीबार स्थानीयहरुसँग भेटेर मन्दिर र पिपिसी सडक निर्माणका लागि वडाकाे बजेट हाेइन नगर कोषबाट बिकास गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।
स्थानीयले मेयर चौधरीलाई गुनासो राख्दै भने ” खानेपानी छैन , सरे खोलाले वर्षेनी जग्गा कटान गर्दैछ । बाटोघाटो छैन , साविक विष्णुपुरकट्टी ७ र मलहनमा ९ आवत जावतको लागि बाटो छैन , वाडाको उत्तरी क्षेत्रमा रहेको बोर्डिङ हालसम्म सञ्चालन छैन ” लगायतका गुनासो मेयर चौधरीलाई स्थानीयले राखेपछि मेयर चौधरीले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
लहान नगरको सवभन्दा बढी जनसंख्या र क्षेत्रफल भएको वाडा न २४ मा खानेपानीको लागि १८ वटा इनार रहेको भएपनि कतिपय जीर्ण अवस्थामा रहेको स्थानीयले गुनासो राखे ।
स्थानीयले गुनासोको क्रममा भसुवा भमुरे, काभ्रेमा बर्ष भरी बाटाेकाे काम नगरले गरे तर वडा २४ मा कुनै काम नगरेको जस्ता जनगुनासोलाई मेयर चौधरीले सकारात्मक रूपमा लिँदै ” कोरोनाको बिकराल समयमा संगिता कर्माचार्यकै अश्वासन पूरा गर्न र जनसमुदायको माग अनुसार दश लाखको बजेटबाट शिव मन्दिर र नगर बिकासको ४० लाखको बजेटबाट पिपिसी ढलान शुरु गर्ने घोषणा गर्दा स्थानीय हर्शित भएको थियो ।
यो सँगै लहान नगर प्रमुख महेश प्रसाद चौधरीले एलानिमा बसेका दलित विपन्न मुसहर समुदायका लागि एलानी जग्गामा एकै ठाउमा २० वटा आकर्षक घर बनाई बस्ती बसाउने घोषणा समेत गर्नुभएको छ ।
समग्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाईँ, रोजगारी सहितको विषयमा प्रयास रहने अस्वाशन मेयर चौधरीले स्थानीयलाई दिए ।