मिति:- ८ पुष २०८१, सोमबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
मुख्य-समाचारसमाचारस्थानीय खबर

लघुवित्तिय बिरुद्धको आंदोलन लहानमा चर्किदै ।।।

सिरहाको लहानमा लघुवित्त सँघर्ष समितीद्वारा गरिएकाे आन्दोलनले सिराहा र सप्तरी जिल्लाको सीमानाको रूपमा रहेको बलान पुलको सिराहा क्षेत्रमा आंदोलनकारीले सडक अवरुद्ध गर्दै चर्का नारा सहित जुलुस प्रदर्शन गरेका छन ।

लघुवित्तिय बिरुद्धको आंदोलन चर्किदै ।।

लहान, अषाढ ७ मधेस प्रदेश । सिरहाको लहानमा लघुवित्त सँघर्ष समितीद्वारा गरिएकाे आन्दोलनले सिराहा र सप्तरी जिल्लाको सीमानाको रूपमा रहेको बलान पुलको सिराहा क्षेत्रमा आंदोलनकारीले सडक अवरुद्ध गर्दै चर्का नारा सहित जुलुस प्रदर्शन गरेका छन ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत बलान खोलाको सिरहा तर्फको पुलमा हजारौको संख्यामा जम्मा भएका लघुवित्तीय पिडित महिलाहरुको समुहले चर्का नारा सहित जुलुस प्रदर्शन गरेको छ ।

आंदोलनकारीले सडक अवरुद्ध गर्दै प्रदर्शन गर्न थालेपछि उक्त राजमार्ग भएर चल्ने सवारी साधन लगायतका सबै यातायातका साधनहरु सडकमै रोकिएका थिएँ ।

अवरुद्ध सडक खुलाउन पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी , ट्राफिक प्रहरी लगायतलाई प्रदर्सनकारीले हम्मे हम्मे पारेका थिए ।

आज गरिएकाे प्रदर्शन र्यालीमा सिरहा सप्तरीका लघुबित पीडित महिलाहरुको उपस्थिति रहेको एक प्रदर्शनकारीले जनाएका छन ।

चर्का नारा सहित आन्दोलनमा उत्रिएका आन्दोलनकारीले माग पूरा नभए अझै उत्कर्शमा लैजाने वुझिएको छ ।

सरकारले मागको सम्बोधन नगरेपछि बिगत लामो समयदेखि आन्दोलन गर्दै आएका आन्दोलनकारीले आन्दोलनको स्वरुप परिवर्तन गरी आन्दोलनलाई सडक केन्द्रित गर्न थालेको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker