मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अन्तर्राष्ट्रियअपराधदुर्घटनापत्रपत्रिकासमाचारस्थानीय खबर

हिन्दु सम्राट सेनाद्वारा गोलबजारमा प्रदर्शन ।।।

पछिल्लो समय बंगलादेशमा रहेका हिन्दुहरुको मठ मन्दिर, देवी देउता र आस्तिक माथि बर्बरतापूर्ण अत्याचार भइरहेको विरोधमा विश्व सनातनी नारायणी सेना नेपाल र हिन्दू सम्राटद्वारा नरसंहार विरुद्ध सिरहाको गोलबजारमा विरोध प्रर्दशन गरिएको छ ।

बिनाेद मण्डल, साउन २६ । पछिल्लो समय बंगलादेशमा रहेका हिन्दुहरुको मठ मन्दिर, देवी देउता र आस्तिक माथि बर्बरतापूर्ण अत्याचार भइरहेको विरोधमा विश्व सनातनी नारायणी सेना नेपाल र हिन्दू सम्राट सेनाहरु द्वारा नरसंहार विरुद्ध सिरहाको गोलबजारमा विरोध प्रर्दशन गरिएको छ ।

पूर्व पश्चिम राजमार्गको गोलबजार स्थित गोलपार्कमा जम्मा भएका हिन्दू समुदायका युवाहरुले बंगलादेशमा भइरहेको क्रूर दमनको विरोधमा नेपाल सरकारलाई ध्यानाकर्षण गराउनका लागि प्रदर्शन गरिएको सहभागीले बताएका छन् ।

पछिल्लो समय बंगलादेशमा चर्किएको आन्दोलनसँगै त्यहाँस्थित हिन्दू समुदायमाथि मुश्लिम समुदायले गरेको बर्बरता विरुद्धमा नेपालमा समेत प्रदर्शनहरु हुन थालेका छन् ।बाक्लो संख्यामा प्रदर्शनमा उत्रिएका युवाहरुले चर्का नारा लगाउँदै तत्काल हिन्दू राज्य घोषणाको माग गरेका थिए ।

गोलबजारको मुख्य चौकमा गरिएको प्रदर्शन पछि कोण सभा गरिएको थियो । जहां हिन्दूका अगुवाहरूले आ आफ्ना तर्कहरू भाषणका माध्यबाट राखेका थिए ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker