मुख्य-समाचारसमाचार
प्रतिनिधि सभा बैठकमा पालिका बाटै रास्ट्रिय परिचय पत्र बन्नु पर्ने माग
प्रतिनिधिसभाको आजको बैठकमा सांसद भानुभक्त ढकालले निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन गर्दा पालिकाबाट गर्नपर्ने माग गरेका छन् ।
काठमाडौ – जनता खबर , प्रतिनिधिसभाको आजको बैठकमा सांसद भानुभक्त ढकालले निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन गर्दा पालिकाबाट गर्नपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको शून्य समयमा उनले मतदाता नामावली सङ्कलन गर्न प्रत्येक पालिकाका गर्नुपर्ने र सोही क्रममा राष्ट्रिय परिचयपत्रसँगै दिने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।
सांसद मीना सुब्बाले निर्वाचन आयोगका धेरै सामग्री प्रयोगविहीन भएकाप्रति ध्यानाकर्षण गराएकी छन्। आयोगले किनेका ५२१ ल्यापटप, कलर प्रिन्टर, अत्याधुनिक छपाइ मेसिन प्रयोगविहीन भएको उनको भनाइ थियाे