मिति:- ४ भाद्र २०८२, बुधबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

जनकपुरमा समाजवादी युवा संघको बृहत प्रदर्शन, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइयो

सितल साह , साउन ११ — जनता समाजवादी पार्टी, नेपालको युवा संगठन समाजवादी युवा संघ, नेपालले आज जनकपुरधाममा बृहत विरोध प्रदर्शन गर्दै मधेस प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराएको छ। किसान र कृषि संकट, चुरे दोहन, मल–बीउको अभाव, र पानीको दीर्घकालीन समाधानको माग गर्दै संघले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।

‘भ्रष्ट सरकार पानी दे’, ‘चुरे दोहन बन्द गर’, ‘राहत प्याकेज घोषणा गर’, ‘किसान विरोधी सरकार होसियार’, ‘किसान मार्न पाइँदैन’ जस्ता नारासहित प्लेकार्ड बोकेर प्रदर्शनकारीहरू जनक चोकबाट निस्किएर जिल्ला प्रशासन कार्यालय हुँदै प्रदेश सरकारको कार्यालय पुगेका थिए। आन्दोलनको नेतृत्व गर्दै समाजवादी युवा संघले प्रदेश सरकार र संघीय सरकार दुवैप्रति गम्भीर असन्तुष्टि जनाएको छ।

प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यलाई ज्ञापनपत्र बुझाइएको थियो, जसमार्फत संघीय सरकारलाई कृषिमा देखिएको चरम संकट, मल र बीउको चरम अभाव, सुख्खा समस्या र भूमि विधेयकप्रति असन्तुष्टि व्यक्त गर्दै तत्काल ठोस कदम चाल्न आग्रह गरिएको छ। त्यस्तै, मुख्यमन्त्री कार्यालयमा बुझाइएको छुट्टै ज्ञापनपत्रमा अवैध चुरे दोहन, बजेटीय अनियमितता, र किसानलाई लक्षित राहत प्याकेज तत्काल घोषणा गर्नुपर्ने विषयहरू उठान गरिएको छ।

प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि समाजवादी युवा संघले चेतावनी दिएको छ कि सरकार बेखबर बसिरहेमा आन्दोलन थप सशक्त र उग्र रूपमा अगाडि बढाइनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button