मिति:- २१ कार्तिक २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
पत्रपत्रिकामुख्य-समाचारशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

लोकज्योति उत्थान केन्द्रद्वारा धनगढीमाईका तीन विद्यालयमा अनुगमन।

सितल साह, सिरहा, धनगढीमाई, १३ कार्तिक ०८३ । लोकज्योति उत्थान केन्द्रले सिरहाको धनगढीमाई नगरपालिकाका तीन विद्यालयमा शैक्षिक गतिविधि, विद्यार्थीको उपस्थिति तथा शैक्षिक सामग्रीको प्रयोग अवस्थाबारे अनुगमन गरेको छ।

केन्द्रको विद्यालय स्वास्थ्य कार्यक्रम (SAHP) अन्तर्गत OUS Project Area अन्तर्गत रहेका हिमालय माध्यमिक विद्यालय धनगढीमाई वडा नं. १२ , चन्द्रमान तामाङ ढाँटी आधारभूत विद्यालय कैलाशपुर भाेर्लेनि धनगढीमाई -१३ र मदन भण्डारी स्मृति विद्यालय सर्रे अम्वास धनगढीमाई -१४ मा अनुगमन गरिएको हो।

अनुगमन टोलीमा लोकज्योति उत्थान केन्द्र, उर्लाबारी–५, मोरङका कार्यक्रम सहजकर्ता डा. डी.आर. शर्मा, कटारी शाखाका अध्यक्ष  प्रदीप ढुङ्गाना, जनप्रेमी माध्यमिक विद्यालय, कटारी–७ रिस्कुका डोमिला धमला, धनगढीमाई–१२ का वडाध्यक्ष जयप्रकाश ठाकुर, सिंहदेवी आधारभूत विद्यालय, चेप्टे, ओखलढुङ्गाकी शिक्षिका तथा शैक्षिक सामग्री वितरक अस्मिता सुनुवार, स्थानीय बुद्धिजीवी तथा समाजसेवी बद्री मण्डल, सिरहा जिल्ला प्रतिनिधि सितल कुमार साह र सामाजिक परिचालिका सन्तोषी चौधरीलगायत सहभागी थिए।

अनुगमनका क्रममा टोलीले कक्षाकोठामा पुगेर विद्यार्थीको शैक्षिक अवस्था, नियमित उपस्थिति, शिक्षक–शिक्षिकाको कक्षामा उपस्थिति तथा पठनपाठनको अवस्थाबारे जानकारी लिएको थियो। साथै, केन्द्रद्वारा वितरण गरिएका कापी, डटपेन, पेन्सिललगायत शैक्षिक सामग्री र खेलकुद सामग्रीको प्रयोग अवस्थासमेत निरीक्षण गरिएको थियो।

केही विद्यालयमा विद्यार्थीको संख्या कम देखिएपछि प्रधानाध्यापक तथा शिक्षक–शिक्षिकासँग अन्तरक्रिया गरी विद्यार्थीको उपस्थिति बढाउने, विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्ने र शैक्षिक गुणस्तर सुधार गर्ने विषयमा छलफल गरिएको थियो। छलफलमा शैक्षिक सामग्रीको प्रभावकारी प्रयोग, नियमित पठनपाठन, विद्यार्थीको सिकाइ उपलब्धि तथा विद्यालयप्रति अभिभावकको विश्वास बढाउने उपायबारे सुझाव र प्रतिक्रिया लिइएको थियो।

विद्यालयको शैक्षिक अवस्था सुधार गर्न शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिबीच समन्वय तथा सहकार्य आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए। अनुगमनका क्रममा सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, शैक्षिक सामग्री संयोजक तथा विद्यालय व्यवस्थापन समितिले टोलीलाई आवश्यक सहयोग गरेका थिए।

लोकज्योति उत्थान केन्द्रले सञ्चालन गरेको अनुगमनबाट विद्यालयको वास्तविक अवस्था पहिचान गर्न, उपलब्ध शैक्षिक तथा खेलकुद सामग्रीको उचित सदुपयोग सुनिश्चित गर्न र विद्यार्थीको नियमित उपस्थिति तथा सिकाइ उपलब्धि सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker