धनगढीमाई न.पा : विवाद र आरोपहरूको बिरुद्ध नगर प्रमुखले जारी गरे प्रेस विज्ञप्ति।।
धनगढीमाई नगरपालिका: विवाद र आरोपहरूको बीचमा नगर प्रमुखले जनहितका लागि काम जारी राख्ने प्रतिबद्धता जनाउदै आज पत्रकार सम्मेलन गर्दै साे कुरा सार्बजनिक गरेका छन।
सितल साह, मंसिर ०३ सिरहा ।। – धनगढीमाई नगरपालिकामा विभिन्न विवाद र आरोपहरूको बिचमा नगर प्रमुखले नगरको विकास र जनताको सेवा सुनिश्चित गर्न आफ्नो प्रतिबद्धता प्रकट गरेका छन्। हिजो मिति २०८१ साल मंसिर २ गते नगर उपप्रमुख, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको १९ जनाको हस्ताक्षर सहित जारी गरिएको प्रेस विज्ञप्तिमा नगर प्रमुखमाथि लगाइएका आरोपहरूलाई जनहितको विरुद्धको प्रयास मान्दै नगर प्रमुखले ती आरोपहरूको खण्डन एक लामाे विज्ञप्ति जारी गरि पत्रकार सम्मेलनमार्फत सर्बजनिक गरेका छन्।
धनगढीमाई नगरपालिका भित्र पछिल्लो केही महिनादेखि विवाद र आरोपहरूको आदानप्रदान भइरहेको छ। विशेषत: २०८१ साल असोज महिनामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि उत्पन्न गरिएको दबाब र गालीगलौजको कारण कामकाजी वातावरणमा अवरोध पुगेको थियो। यो मुद्दा अझै ताजै रहेको छ, जहाँ नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतका कार्यलाई विभिन्न वडाका वडा सदस्य तथा कार्यपालिका सदस्यहरूले अवरुद्ध गर्ने प्रयास गरेको आरोप लगाइएको छ।
नगरपालिकाको कार्यसम्पादनमा प्रभाव पुर्याउनका लागि नगर उपप्रमुख, वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूको समूहले प्रमुख प्रशासकीय अधिकृतलाई विभिन्न दबाब र गालीगलौज गरिरहेको जस्तो देखिएको छ। यसै सन्दर्भमा, नगर प्रमुखले भने यसलाई भ्रम र व्यक्तिगत स्वार्थका लागि गरिएको प्रयासको रूपमा लिएका छन् र जनहितका लागि पालिका प्रशासनलाई निर्वाध रूपले सञ्चालन गर्न आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्।
नगर प्रमुख शिव शंकर महताेले आफू र नगर प्रशासनले जनतालाई सस्तो, पारदर्शी र समयमै सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए। उनले भने, “हामीले नगरको समग्र विकास र जनताको भलाइको लागि काम गर्दै आएका छौं। यी सबै आरोपहरू झुटा र भ्रामक छन्, र यसले नगरको समृद्धिमा रोक लगाउने मात्र काम गर्दछ। हामी प्रजातान्त्रिक प्रक्रिया र कानूनी मार्गमा काम गर्दै नगरको सेवा प्रवाहलाई सुनिश्चित गर्नेछौं।”
नगर प्रमुख महताेले थप भने, “हामी जनताको सेवा र नगरपालिका को समग्र विकासको लागि प्रतिबद्ध छौं। यस बीचका कुनै पनि आरोपहरू केवल अफवाह मात्र हुन् र यसले कामको प्रक्रियामा कुनै पनि अवरोध उत्पन्न गर्न सक्दैन। नगरको भविष्य र यसका नागरिकहरूको भलाइका लागि हामी निरन्तर काम गर्नेछौं।”
नगरपालिकामा हाल भइरहेको विकास कार्य र सेवाहरू सामान्य रूपमा चलिरहेका छन्। नगर प्रमुखले सबै कामलाई कानूनी र व्यवस्थागत ढंगले अगाडि बढाइरहेका छन्। २०८१ सालको बजेट, कार्यक्रम र योजनाहरू नियमित रूपमा कार्यान्वयन भइरहेको छ, जसका परिणामस्वरूप नगरमा विभिन्न विकास योजनाहरू अघि बढिरहेका छन्।
साथै, नगरपालिकामा सञ्चालित विभिन्न सरकारी योजनाहरू जस्तै, शिक्षकहरूको तलव वितरण, संघीय सरकारबाट प्राप्त सशर्त बजेटका कार्यक्रमहरूको कार्यान्वयन र अन्य विकास योजनाहरू समयमै अघि बढेका छन्। नगर प्रमुखले आगामी दिनमा अझ बढी प्रभावकारी सेवाहरू जनतालाई पुर्याउने प्रतिबद्धता जनाएका छन्।
नगर प्रमुखले विवाद र आरोपहरूको समाधान गर्नका लागि जनप्रतिनिधिहरूसँग समन्वय गर्न र कार्यपालिका सदस्यहरूको बीचमा सहकार्य गर्नका लागि प्रयत्नशील रहने कुरा उल्लेख गरेका छन्।
नगर प्रमुखले भने, “अबको काम नै सहकार्य र समन्वयबाट नगरको सेवा प्रवाहलाई सुदृढ बनाउनु हो। हाम्रा सबै प्रयासहरू नगरका जनताको भलाइका लागि समर्पित रहनेछन्।”
धनगढीमाई नगरपालिका एक समृद्ध र समावेशी समाज निर्माण गर्ने दिशा मा अघि बढिरहेको छ। नगर प्रमुखले जनताको सेवा र विकासका लागि निरन्तर कार्य गर्दै छन्। यद्यपि, केही असहमति र विवादहरू रहेका छन्, तैपनि नगरको समग्र विकासमा बाधा नगर्ने र जनताका हकअधिकारलाई सर्वोच्च प्राथमिकता दिने कुरा नगर प्रमुख महताेले स्पष्ट गरेका छन्।
पालिका प्रशासन र जनप्रतिनिधिहरूबीचको सहकार्य र समन्वयले नै धनगढीमाई नगरपालिकाको भविष्य सुनिश्चित गर्ने विश्वास नगर प्रमुखले व्यक्त गर्दै सबै हातेमालो गरि जनताकाे काम काज गर्नु पर्ने अहिले आवश्यकता रहेकाे बताउनु भयाे।