मिति:- ७ पुष २०८१, आईतवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
अपराधपत्रकार सम्मेलनपत्रपत्रिकामुख्य-समाचारसमाचारस्थानीय खबर

कानुनी ब्यबस्था हुँदाहुँदै पनि जागीरबाट निकालियो रायलाई ।।।

सिराहा जिल्लाको लाहान २४ घर भई प्रहरी सहयोगीमा जागीर पाएका जवान कैलाश रायलाई गैरकानूनी तवरबाट प्रहरी प्रशासनले जागीरबाट हटाएको छ ।

लहान , भदौ २ । सिराहा जिल्लाको लाहान २४ घर भई प्रहरी कार्यलय सहयोगीमा जागीर पाएका जवान कैलाश रायलाई गैरकानूनी तवरबाट प्रहरी प्रशासनले जागीरबाट हटाएको छ ।

अत्यन्त आर्थिक कमजोर परिवारका रायले आफ्ना प्रहरी हाकिमलाई घरमा बहिनी बिरामी भएको भन्दै १० दिनको मौखिक बिदा मिलाएर घर फर्केका रायले आफू कार्यरत कार्यालयमा पुग्दा उनले आफ्नो जागिर गुमेको पाए ।

प्रहरी ऐन अनुसार लगातार १५ दिनसम्म कार्यालयमा अनुपस्थित भएको खण्डमा निलम्बन गर्न सकिने ब्यबस्था हुँदाहुँदै उनलाई हटाउनुले प्रहरी प्रशासन आफैले कानुनको धज्जी उडाएको सहजै अनुमान गर्न सकिन्छ । लगातार ३० दिनसम्म कार्यालयमा अनुपस्थित भएको खण्डमा बर्खास्तको प्रक्रिया शुरू हुने ब्यबस्था छ । तर एकाएक कानुन विपरीत उनलाई हटाउनु कुनै हिसाबले न्यायपूर्ण मानिन्न ।

यता रायका बहिनीहरु पूजा कुमारी राय र करिना रायको आँखाको ज्योति गुमेको अवस्था छ । गम्भीर आपतमा परेका राय बहिनीहरुको उपचारको लागि हाकिमसंग बिदा त मागे तर प्रहरी प्रशासनले उनको वास्तविकता नबुझेर विदा मिलाएन त्यसपछि वैकल्पिक बाटो रोजेर हाकिमसंग विनम्र अनुरोध गर्दै मौखिक रूपमा १० दिनको बिदा मिलाएर बहिनीहरुको उपचारको लागि घर आए । अस्पतालमा भर्ना भएकी बहिनीहरुको उपचारमा संलग्न डाक्टर अनुसार अब उप्रान्त आँखाको ज्योति नफर्किने बताए पछि दुखमा परेका राय परिवार घर फर्किएका थिए ।

यता नागरिक समाज सिराहाले तत्काल कानुनी रूपमा रायको पदस्थापनाका लागि माग गरेका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker