सामाजिक सचेतना अभियान बढाउँदै लाहान सिटी जेसीज ।।।
सिरहाको लहानमा सिटी जेसीज लहानले सामाजिक अभियान लागातार गरिरहेको अवस्था रहेको देखिन्छ ।


विनोद मण्डल,फाल्गुन २० । सिरहाको लहानमा सिटी जेसीज लहानले सामाजिक अभियान लागातार गरिरहेको अवस्था रहेको देखिन्छ ।
जेसीजको पदस्थापना समारोहसँगै पदभार ग्रहण गरेका उमेश यादवको नेतृत्वमा यतिबेला लाहनमा सामाजिक कार्यक्रम अन्तर्गत लागु पदार्थ विरुद्धको चेतनामूलक कार्यक्रम, ट्राफिक सचेतना कार्यक्रम लगाएत स्वास्थ्य वर्धक कार्यक्रम अगाडि बढिरहेको अवस्था रहेको देखिन्छ ।
दूरदर्शिताका धनी व्यक्तित्व उमेश यादवको सामाजिक विकासको यात्रा अन्तर्गत चेतनामूलक कार्यक्रमहरू नियमित भइरहेको छ ।
समाजमा दबिएर रहेका क्यान्सरका बिरामीहरूलाई उपचारसम्म लाने प्रयास र क्यान्सर लाग्नबाट आफू र समाजलाई कसरी बचाउन सकिन्छ भन्ने मुख्य उद्देश्यका साथ लाहनमा एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
लहान सिटी जेसीजको आयोजना, लाहान प्यारागन पब्लिक स्कूलको सहयोग तथा लाहान क्यान्सर केयर सेन्टरको सहजीकरणमा क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
पूर्व निर्धारित समयमा आयोजित कार्यक्रममा स्थानिय जनप्रतीनिधिहरु , विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगाएत आम स्थानियको सहभागितामा आयोजित कार्यक्रममा क्यान्सर रोग सम्बन्धी चेतना मुलक भनाईहरु वक्ताहरुले राखेका थिए ।
				
					
					

