समाचारस्थानीय खबर
भौतिक संरचना डुवानमा ।।।
सिरहाको धनगढीमाई १२ को गड्में बजारस्थित रहेको भौतिक संरचनाहरु अविरल वर्षाको कारण डुवानमा परेको छ ।
विनोद मण्डल, भदौ १५ । सिरहाको धनगढीमाई १२ को गड्में बजारस्थित रहेको भौतिक संरचनाहरु अविरल वर्षाको कारण डुवानमा परेको छ ।
उक्त ठाउँमा रहेको खानेपानी सामुदायिक भवन र मंच डुवानमा परेको हो ।
अविरल वर्षाको कारण रोहित परियारको घरमा क्षति पुगाउने हिसाबले जग्गा कटान भएको छ भने उक्त ठाउँमा रहेको खुट्टी खोलाको नहर पनि अव्यबस्थित भएको छ । खोलामा नेपाल विद्युत प्राधिकरणको बिजुलीको तार पनि लुरकिएको अवस्थामा रहेको देखिन्छ ।
प्राकृतिक सौन्दर्यका धनी गड्में पुग्नका लागि पुलको अभाव रहेको उक्त ठाउँको हेलीपेड़ डाँडामा हालसम्म जनप्रतिनिधिको ध्यान केन्द्रित नहुनु चिन्ताको विषय हो ।
प्राकृतिक सौन्दर्यका धनी गड्मेंको समग्र विकास आजको आवश्यकता हो,त्यसैले सम्बन्धित निकायको ध्यान जाओस् ।