पत्रपत्रिकासमाचारस्थानीय खबर
सहिद दिवसकाे अवसरमा जसपा अध्यक्ष यादब द्वारा जनबिद्रोहको चेतावनि
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जनविद्रोहको चेतावनी दिएका छन् ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जनविद्रोहको चेतावनी दिएका छन् ।
सहिद दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै नेता यादवले मुलुकको शासन प्रणाली यस्तै रहिरहे अर्को भयानक जनविद्रोह हुने चेतावनी दिएका हुन् ।
उनले भने छन्, ‘नेपाली जनता सुचित, चेतनशील एवम् जागृत र संगठित हुँदै गइरहेका छन् । तर, देशको अवस्था र शासक जाति, वर्गको यस्तै चिन्तन र चरित्र रहिरह्यो भने देशमा अर्को भयानक जनबिद्रोह हुनसक्छ, त्यतिबेला कसैले सम्हालेर सम्हलिन सकिँदैन ।’
उनले भने, ‘संबैधानिक परिषदले न्यायाधीश, अख्तियार, महालेखा परीक्षक, निर्वाचन आयोग, मानव अधिकार आयोग, बित्त आयोग, महिला आयोग, समावेशी आयोग आदि संबैधानिक अङ्गहरुमा नियुक्तिकालागी सिफारिस गर्दछ।